आनन्द साह, २५ , नेपाली विद्यार्थी उनको परिवारको भविष्यको आशा थिए । अक्टोबर ७ मा किबुट्ज अलुमिममा हमास आतंकवादीहरूले उनको हत्या गरेका थिए ।
धनुषा जिल्लाको सपाही गाउँका कृषि विद्यार्थी २५ वर्षीय आनन्द साहको गत अक्टोबर ७ मा हमासका आतंककारीहरूले किबुत्ज आलुमिममा हत्या गरेका थिए। आनन्द नेपाली विद्यार्थीहरूको एउटा समूहसँग थिए जो केही हप्ता अघि “सिक्नुहोस् र कमाउनुहोस्” कार्यक्रमको भागको रूपमा ईजरायल आएका थिए, जसमा उनीहरूले इजरायलमा कृषिको बारेमा सिके र पैसा कमाउने पनि काम गद्र्र थिए । जब हवाई आक्रमणको साइरन सुरु भयो, तिनीहरू नजिकैको आश्रयमा सँगै दौडिए । बिहान करिब ८ बजे तिरको कुरा थियो । उनीहरूले बाहिर आवाजहरू सुने र उनीहरू लाग्यो इजरायली सैनिकहरु होलान । तर त्यस्तो थिएन । ह्युमन राइट्स वाचका अनुसार उनीहरूमध्ये दुई जना बंकर बाहिर निस्के र तत्काल हमासका आतंककारीहरूले उनीहरुलाई गोली हानेर मारे ।
आतंकवादीहरूले त्यसपछि आश्रयमा दुईवटा ग्रेनेड प्रहार गरे, जसले आनन्द लगायत धेरैलाई घाइते बनायो । किबुट्जका इजरायलीहरू त्यहाँ आइपुगे र घाइते भएकाहरूलाई बस्न र उनीहरूलाई एम्बुलेन्स बोलाउने बताए, र घाइते भएकाहरूलाई थाई मजदुरहरूको समूहसँग अन्यत्र लुक्न लगाइयो। आक्रमणको अराजकताको बीचमा, एम्बुलेन्स कहिल्यै आउन सकेन र आनन्दको गंभिर चोटका कारण ले त्यही मृत्यु भयो ।
आनन्दको शव नोभेम्बर ४, २०२३ मा नेपाल ल्याइयो र त्यसपछि उनको दाहसंस्कार गरिएको थियो। उनका आमाबाबु, सोमन र शुभकला र उहाँका तीन बहिनीहरू सुनिता, सरस्वती र आरती छन्।
स्थानीय समाचार साइटका अनुसार, आनन्दले जनकपुरधामको एन्जेल्स बोर्डिङ स्कुलबाट हाईस्कूल पूरा गरे र सुदूरपश्चिम कृषि विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा कृषिमा बीएससी गरेका थिए । उनी सेप्टेम्बर २०२३ मा आक्रमण हुनुभन्दा केही साताअघि १० महिनाको तालिम कार्यक्रममा सहभागी ५० नेपाली विद्यार्थीको समूहसँग इजरायल आइपुगेका थिए। आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो भने एक जनालाई हमासले बन्धक बनाएको थियो । सेप्टेम्बर १३, २०२३ मा, आनन्दले समूहको प्रस्थान बारे फेसबुकमा एक पोष्ट जारी गर्दै लेखेका थिए धन्यवाद इजरायल।
एक अनलाइन समाचार साइटले आनन्दलाई प्रकृति प्रेमीको रूपमा वर्णन गरेको छ जसले एक दिन १० मिलियन रूख रोप्ने र आफ्नो समुदायलाई फिर्ता दिने सपना देखेका थियो। एक नेपाली समाचार साइटका अनुसार, आनन्द आफ्ना चार दाजुभाइमध्ये जेठो, एक मात्र छोरा र उनको परिवारको एकमात्र सहयोगी थिए । “तिमी कहाँ गयौ ? किन फर्केर आउदैनौ ? हाम्रो हेरचाह कसले गर्ने ?” उनका आमाबुवाले भने, ।
परिवारका छिमेकी मिथिलेश साहले अनलाईन साइटलाई भने कि उनको बुबा र आमाले उनीबाट धेरै आशा राखेका थिए, उनका बुबा एक दशकदेखि पर्शियन खाडीमा काम गर्दै थिए ताकि आनन्द स्कूल जान सकून्। मिथिलेशले भने, ‘उनका आमाबुवाले उनलाई पढाउन धेरै त्याग गरेका थिए । आफ्नो छोराको दुखद मृत्यु पछि उनीहरूमा के गुज्रिरहेको हुनुपर्छ भनेर कसैले कल्पना गर्न सक्छन।