Monday 3rd February 2025

कविता:कमाई


ताली बजाउनेहरु धेरै देखेँ
गालीमा रमाउनेहरू धेरै भेटेँ
पैताला सधैँ जमीनमा राखेँ
सिर सधैँ ठाडो पारेँ
पैतालाको समस्याले जमीन भासिएन
गाली रमाउनेसँग सिर कहिल्यैँ झुकेन
पैताला पट्पट फुट्दा पनि जमीन फुटेन
लक्ष्यको पछि भागेको मस्तिष्क
कहिल्यै बिचल्ली भएन
खुसीमा खित्तित हाँसेन अनुहार
दुःखमा धरधरी रोएन अनुहार
हाँस्यो त मनसँग हाँस्यो सफलतामा
रोयो त मनसँग रोयो असफलतामा
कसैको डाह र इस्या गरेन संघर्षले
जति सक्यो मिहिनेत मै रमायो
न आफूलाई केही कमायो
न अरूलाई केही बनायो
मरुभूमीमा गएर सबै पसिना बगायो
मारुभूमिमा कमाएको पसिनाले देशमा
आफ्नो परिवार बस्ने घर बनायो
अहिले ,
शरीर घरमा उठ्नै नसक्ने गरी ढलायो
विदेशमा सकिनसकी गरेको मिहिनेतले
नराम्ररी शरीर गलायो
गाउँटोलमा परदेशी पीडाको चर्चा गरायो
लाग्छ जिउँदो छँदा देशमा केही नगरे पनि
मृत्युपछि घाटसम्म जाने मलामी कमायो।।

नारायण कोइराला
तानसेन,पाल्पा
हाल,कुवेत


सम्बन्धित शीर्षकहरु

ताली बजाउनेहरु धेरै देखेँ गालीमा रमाउनेहरू धेरै भेटेँ पैताला सधैँ जमीनमा राखेँ सिर सधैँ ठाडो पारेँ पैतालाको समस्याले जमीन भासिएन…

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

प्रतिकृयाहरू
...