Tuesday 6th October 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः आत्मनिर्भर नेपाल


सबै मिलेर स्वाभिमानी,आत्मनिर्भर नेपाल बनाउनु छ
अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ ।।

धेरै कुरा सोचेर नयाँ योजना बनाउनु छ
राष्ट्रियताको भावनासहित राष्ट्र निर्माणमा लाग्नुपर्छ ।।

अब सबै युवा शक्ति मिलेर देशलाई सजाउनु पर्छ
राष्ट्र हाम्नो हो राष्ट्र निर्माणको कार्यमा हामी लाग्नुपर्छ ।।

देशमा कृषि उत्पादनको नयाँ सोचको विकास गर्नुपर्छ
नयाँ नयाँ उद्योग कलकारखानाहरुको थालनी गर्नुपर्छ ।।

आउ सबै मिलेर आत्मनिर्भर नेपाल बनाउनु छ
आफ्नो कर्मले देशमा परिवर्तन ल्याउनु छ ।।

यो हाम्रो माटाेमा पाैरख र पसिना बगाउनु छ
देश विकासका नयाँ नयाँ योजना बनाउनु छ ।।

देशको प्रगतिको लागि सबैको साथ चाहिन्छ
स्वतन्त्र राष्ट्र हो हाम्रो छुट्टै पहिचान छ ।।

देशलाई आत्मनिर्भर,समृद्ध बनाउनुपर्छ
अब देशको भविस्यको बारेमा सोच्नुपर्छ ।।

देशमै रोजगारी सिर्जना गरि युवा विदेशीनु रोक्नुपर्छ
अब हामीले गम्भीर भएर देशको बारेमा सोच्नुपर्छ । ।

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...