कमला देवकोटा, पाल्पा – कृपया मेरी आमालाई एक महिनाको लागि तपाईँहरुसङ्गै राखीदिनुस् है? किन तपाईं कता जाने? बृद्धाश्रमका प्रबन्धकले सोधे। उसले भन्यो मेरो अर्को शहरमा तालिम परेकोछ। ए अनि घरमा श्रीमती बाबु नानी कोही छैनन् र?
छ न त छन्नी सबै कुरा पछि गरम्ला। मिल्छ हैन त? प्रबन्धकले भने ।
किन नमिल्नु तर यहाँ नब्बे प्रतिसत बृद्ध बृद्दा एक दुई महिनाको लागि भनेर ल्याईन्छ। तर घर परिवार कहिल्यै भेट्न शुल्क बुझाउन आएनन् । तेसैले सोधेको तपाईं जस्तो ईमान्दार बैंकको कर्मचारी बाट त तेस्तो कदापी हुनेछैन। हुँदैन ढुक्क हुनुस् भन्दै बाहिरिए। सबै कुरा सुनेकी आमा गह भरी आँसुलिंदै बोलिन्। मलाई एक वचन नसोधिकन मन्दिर जाउँ भनेर ल्याए। भैगो हाकिम साहेब छोरो सँधै खुसी र सुखी रहोस् । म जस्तो दुख सुख बेहोर्न पनि तयार छु। बरु काम गरेरै भएपनी मासिक शुल्क कटाउँला। घरमा पनि त दासी सरह नै थिएंँ।
मेरो कारण रात दिन घरमा छोरा बुहारीको झगडा पिटा पिट मारामार अब कहिल्ल्यै नहोस्। म यहीँ आश्रम लाई मन्दिर को रुप दिनेछु। उ आउला भन्ने मलाई कत्ती पनि आशा छैन।
कस्ती महान आमा ! हजुर आज देखि यो आश्रम कि आमा हुनुभो काम गर्ने हैन सबैलाई राम्रो रेख देख गरिदिनुहै ? मलाई पनि हल्का हुनेभो। यत्तिकैमा आश्रम को गार्ड आयो। ओहो हाकिम साप यो आमाको छोरो त बहुत चण्डाल छ । यसले त आमालाई पिटेको घरबाट निकालेको मैले कैयौँ पटक देखेकोछु।
आमा र प्रबन्धक निराशाजनक मुद्रामा हेरेका हेर्यै भए। बात्सल्य प्रेम को परिणाम।