Sunday 1st November 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः तिमीलाई माया गर्छु…


तिमीलाई माया गर्छु यो दिलले भन्छ
तिम्रो मुस्कानमा हराउन मन छ
तिमिले साथ दिदा जीवन बन्छ
यो मायाको बन्धन हो सधै रहिरहन्छ ।।

मेरो सपना तिमी हौ मेरो चाहना तिमी हौ
मेरो जिन्दगीको सुनौलो बिहानी तिमी हौ
मेरा सारा कहानीहरु तिमी बाटै सुरु हुन्छन
तिम्रो मायाको उज्यालोमा सारा दु:ख हराउँछन ।।

तिम्रो साथले सजाउछु सुन्दर यो जिन्दगी
तिमी तिरै छ यो मन मैले देख्ने सपनी
तिमी नै हौ मेरो चाहना ,मेरो सुन्दर बिहानी
तिमी सँगै बसेर लेख्छु सुन्दर कहानी ।।

तिमिलाई माया गर्छु यो दिलले भन्छ
तिम्रो मुस्कानमा हराउन मन छ
तिमिले साथ दिदा जीवन बन्छ
यो मायाको बन्धन हो सधै रहिरहन्छ ।।

लेखक : गोबिन्द राज ओझा (राजन )


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...