Friday 20th March 2026

दिप्त बस्नेतको कविता “विदेश”


आफ्नो गाउँ सहर कसलाई होला देश बाहिरिने रहर
आफ्नो को छन् नाता यहाँ रोए कराए हुन्छ खोलाको बगर ।

मनमा छ जे छ दुःख होस् वा सुख
सदावहार काम नगरे बन्द हुन्छ जोड्न हात मुख ।

समय हुन्न हिडडुल गर्न वा जाडोमा बिहानको घाम ताप्न
आफ्नो देशमा आफन्तहरू सोच्छन गाको छ पैसा छाप्न ।

सालै बित्यो वर्ष बित्यो आफ्नो ऋण जस्ताको तेस्तै
आफन्तहरूलाई लाग्छ परदेशी रमाइलोमा बसे मस्तै ।

कहिले कमाउने कहिले जमाउने कहिले हो हुने धनि
जीऊ वा पाउ दुखोस खानको लागि काम गर्नो पर्यो बिरामी भएपनि ।

लाख कमाओस वा करोड के काम आखिर खुसि छैन भने
पैसा भए सबको हाइहाइ नत्र आफन्तले दबावको खाल्डो खन्ने ।

पैसा कमाए फर्किने नेपाल छात्ती फुलाई नत्र धेरै कुराको डर
आफन्त त परै जाओस पैसाबिना आफ्नै परिवारकै नहुने रैछ भर ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...