Sunday 18th October 2026

पाल्पा साहित्य समाजको ३० ओैं वार्षिक दिवस सम्पन्न


नारायण कोइराला – पाल्पा साहित्य समाजले ३०ओैं वार्षिक दिवस समारोह भव्यताका साथ मनाएको छ । पाल्पाली आदिकवि छविलाल नेपालको १७५ ओैं र शास्त्रकवि माधव प्रसाद देवकोटाको १२१ ओैं जन्म जयन्तीको अवसरमा आयोजित वार्षिक दिवस समारोहमा प्रमुख अतिथि विश्व हिन्दू महासंघका वरिष्ठ राष्ट्रिय उपाध्यक्ष वेन बहादुर पौडेल क्षेत्रीले ” पाल्पा साहित्य समाजले निरन्तर र नियमित रूपमा गर्दै आएका साहित्यिक कार्यक्रमहरू सबैका लागि उदाहरणीय छन् ” भनी बताउनु भयो ।

समाजले यसवर्षको छविलाल नेपाल पाल्पाली प्रतिभा पुरस्कार साहित्यकार डिल्लीराज अर्याल , अथक रेग्मी साहित्य पुरस्कार मरणोपरान्त स्व. कालुमान अमात्य , भैरव तुल्सी सिंह स्मृति पुरस्कार साहित्यकार शान्ता शाक्यलाई प्रदान गरी पुरस्कृत गरेको छ । यस वर्षको राधाइन्द्र समाजसेवा सम्मान समाजसेवी नीलम गोङ्गल श्रेष्ठलाई प्रदान गरेको छ भने पाल्पा साहित्य समाजको पासास सम्मानद्वारा कलाकार/ संगीतकारहरू महेश देउराली , बुद्धरत्न शाक्य , केशवलाल बज्राचार्य र सुदन राज शाक्यलाई सम्मान गरेको छ । पुरस्कृत एवं सम्मानित व्यक्तिहरूमाथि प्रकाश सदस्य कमल अर्यालद्वारा गरिएको थियो ।

युवा अभियन्ता केशव बस्याल,पोखराथोक साहित्य संगमको उपाध्यक्ष जानमा नेपाल, कलाकार केशब लाल बज्राचार्य ,बुद्धरत्न शाक्य ,पुरस्कृत व्यक्तित्व डिल्लीराज अर्याल , पत्रकार सेनानी मेघराज शर्मा, संरक्षक राजेन्द्र गोपाल सिंह, विशिष्ट अतिथि लेखक साहित्यकार भागवत खनालद्वारा शुभकामना व्यक्त गरिएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, सल्लाहकार चित्रवलीराम सुवालको स्वागत र सचिव सविता भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...