Wednesday 18th September 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय चवालिसौँ भाग (१४४)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ बराबरी
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
आज पानी परेर पनि
पुष्प बिज छरेर पनि
अभाव खड्कियो किन हो
दल बेर्ना सरेर पनि
तप्प आँसु झरेर पनि ।

सक्ने जति गर्यो आज
दसा केही टर्यो आज
सकिन्न पीडा र दुःख
पापी मन सर्यो आज
आँसु पनि झर्यो आज ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ

पञ्चाङ्ग २

जनैपूणिर्माको महत्त्व खास हुन्छ
प्राय यो पर्व हाम्रो भाद्र मास हुन्छ
परम्परा, संस्कृतिमा छ बिबिधता
राम्रो संस्कारमा ईश्वर बास हुन्छ
कर्ममा केही त प्राप्तको आस हुन्छ ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग ३

छाँगोमा खसेर हो सम्झिरहेको
खरानी धसेर हो सम्झिरहेको
यस्तै यस्तै छन् कारणहरु मेरा
जालमा फसेर हो सम्झिरहेको
मनमा बसेर हो सम्झिरहेको ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ४

अर्कैको गलत देखाउने कामकाज यस्तै छ
खुट्टा तान्ने बानी परेको यो समाज यस्तै छ
सधै अर्कालाई नै गलत देख्छ यो जगतले नि
छैन सन्तुष्टि गाउँ बस्तिको दुरदराज यस्तै छ
एक अर्कामा मन मुटाव र बाझाबाझ यस्तै छ ।

खडक आर सि मिलन
छेडागाड नगरपालिका २ साल्मा जाजरकोट

पञ्चाङ्ग ५

हिजोआज जनैपूर्णिमाको महत्व झकास लाग्दैछ
जति नै सुद्द खाना खाए पनि रोगको बास लाग्दैछ
चाडपर्व आफ्नै संस्कृति अनुसार मान्छन् सबैले
राम्रो कार्य गर्दा किनकिन आफैलाई खास लाग्दैछ
अब भने साँच्चै केही होला की भन्ने आस लाग्दैछ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ६
मित्र नामको खोल बेकार हो
दुई बिचको पोल बेकार हो
मित्र हुनु त सुदामा कृष्ण झै
देखावटीको सोल बेकार हो
लाको गुणको मोल बेकार हो ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ७

खुशी आफैंभित्र छ कमाउन जानेदेखि
हृदय खोली मन समाउन जानेदेखि
स-शरीर स्वर्ग जान खोजे दु:ख हुने हो
यै जिन्दगी काफी छ रमाउन जानेदेखि
मुर्दा प्रकृतिलाई थमाउन जानेदेखि ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ८

यज्ञोपवीतको महत्व ठु्लो हुन्छ हेर
रक्षा बन्धन संस्कारको कुलो हुन्छ हेर
पर्वका महत्ता क्या जानी नसक्नुछन् हाम्रा
यसै दिन पछि मौसम शु्लो हुन्छ हेर
भाद्रे क्वाँटीले बर्षे चिसो लुलो हुन्छ हेर !

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग ९

यो मन त्यसै डुल्न खोजेको
फूलझैँ मन फुल्न खोजेको
बहकिन्छ लौ किन हो दिल
हेरेर फूल भुल्न खोजेको
जूनझैँ पूर्ण खुल्न खोजेको ।

– आर्त अकुलीन

पञ्चाङ्ग १०

समाजको नजरमा गिर्छु कि भन्ने डर छ
अस्मितामा धब्बाहर भिर्छु कि भन्ने डर छ
नपरोस् है भगवान गलत कदम चाल्न
गन्तव्यहिन गल्लीमा छिर्छु कि भन्ने डर छ
रोगी ति बा आमालाई पिर्छु कि भन्ने डर छ ।

सरिता सेढाई धादिङ

पञ्चाङ्ग ११

आफू रमाइलो भए संसार रमाइलो हुन्छ
आफू थाके जस्तो भए जगत थकाइलो हुन्छ
त्यसैले नै संसारलाई दोष्नु हुदैन साथी हो
रोप्न जान्यो भने जुनै बृक्ष नि फलाइलो हुन्छ
त्यही माटो नजाने रूखो जाने फस्टाइलो हुन्छ ।

लक्ष्मी दास शर्मा
टासिछोलिङ, साम्ची, भुटान

पञ्चाङ्ग १२

अब तीजको तयारी गर्नु पर्ने छ
रकम मेकअपमा छर्नु पर्ने छ
तीजमा राम्रो देखिने होडबाजी भो
दारु मासु खान कतै सर्नु पर्ने छ
समाजभरि विकृति भर्नु पर्ने छ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १३

मानव भई जन्म लिएपछि सबैलाई प्रेम गर्न सिकौँ
सबै नै धर्मलाई सम्मान गरौं र तत्वलाई धर्न सिकौँ
करूणामय र दयानिधि हुनु नै कल्याणकारी बन्नु हो
आत्माज्ञान प्राप्त द्वारा जन्म मरणबाट पार तर्न सिकौँ
परमात्माको अमृतवाणी सुन्दै र कर्म भोग्दै मर्न सिकौँ ।

चन्द्रवती शर्मा
भूटान
पञ्चाङ्ग १४

घाउ दिन्छन् फोका दिन्छन्
गोली हान्दै खोका दिन्छन्
हाम्रो स्वार्थी समाजमा
रित्तो चोया डोका दिन्छन्
सोझो भेटे धोका दिन्छन् ।

सूर्यगिरी पोखरा

पञ्चाङ्ग १५

कर्मले नै मानिस ठूलो हुन्छ जातले हुन्न
पश्चिमी शत्रुको बलले फेर्न आँतले हुन्न
संस्कृति हाम्रो वेदले भन्छ मानिसले गर्नु
विकार हटाउन सबै लाग मातले हुन्न
जातीय वर्गीय सजिलो पार्न भातले हुन्न ।

सोमनाथ लुइटेल
पञ्चाङ्ग १६

नदेखमा पूरा हुन्छ यो सपना
नलेखमा पूरा हुन्छ यो सपना
अनेकौँ छन् नि मनका यी चाहना
नरेखमा पूरा हुन्छ यो सपना
नसेखमा पूरा हुन्छ यो सपना ।

खोम काफ्ले,
दागाना, निचुला, भूटान ।
पञ्चाङ्ग १७

नेता धनी देश गरिप नेपालमा
छोरा धनी आमा हरिप नेपालमा
खेत बाँझो जंगल सखाप भएछ
थोरै मात्र हुँदा सरिप नेपालमा
अवसान देख्छुं करिप नेपालमा ।

देवी पन्थी
पञ्चाङ्ग १८

पानी परेर भिजायो बारी पनि
तिजमा किनेको राम्रो सारी पनि
साउन हरियो मेहन्दीको राज
भदौ तिज रमाउँछन् नारी पनि
हेर्दाहेर्दै फुलिसक्यो दारी पनि ॥
गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग १९

प्रारब्धले यहाँ नानाभाँती गर्न थाल्यो
भरिएर आँसु थोपा थोपा झर्न थाल्यो
नियतिको अगाडि कसको के लाग्छ र?
अलिकति बँचेको सास नै मर्न थाल्यो
जिउँछु भन्ने भरोसा पनि टर्न थाल्यो ।

अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग २०
ल परिश्रमको कम्मर कस सम्बन्ध जोड्ने भए
ती विगतका नमीठा क्षण आजै देखि छोड्ने भए
अति सुन्दर फूल फुलाऊँ , मन अन्त नडुलाऊँ
त्यो समाजको बन्धनलाई सँगै मिली तोड्ने भए
दुश्मनको मन मस्तिष्क नै हामीतिर मोड्ने भए ।

प्रेम थापा “मन” बागलुङ

पञ्चाङ्ग २१

हामीले लिनु पर्दछ ज्ञानी सँग ज्ञान मात्र
आफ्नो शक्ति आधारमा गर्नु पर्छ दान मात्र
प्रभु नामले दिव्य यो आत्मा सहजै तर्दछ
ज्ञानी बनेपछि छोड्नु पर्छ अभिमान मात्र
मन पवित्र बनेमा भक्ति रसपान मात्र ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग २२

अनाश्यक यी पाइला बढाउनु हुँदैन
मतिभ्रम हुने कुरा पढाउनु हुँदैन
गन्तव्यमा पुग्नलाई घोडामाथि चढ्ने हो
घोडालाई शिरमाथि चढाउनु हुँदैन
बुढाका कुरा ठिटाले डढाउनु हुँदैन ।

श्रीकृष्ण शर्मा पोखरा –५, मालेपाटन


सम्बन्धित शीर्षकहरु

अल-मुजैनी एक्सचेन्ज कम्पनीले मुबारक अल कबीरमा आफ्नो नयाँ शाखा खोलेको छ । कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल-मुजैनी एक्सचेन्ज…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

छत्तीसगढको सुकमा जिल्लाको कोन्टा थाना क्षेत्रमा बोक्सीको आशंकामा पाँच गाउँलेमाथि लाठी प्रहार गरिएको छ । माओवादी प्रभावित जिल्लाको एट्कल भन्ने…

प्रतिकृयाहरू
...