Monday 7th September 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः हिमालको काखमा….


हिमालको काखमा रहेको मेरो देश प्यारो छ
आफ्नो सुन्दरतामा देश रमाएको छ
अब सबै नेपाली एकजुट भएर देश बचाउनुपर्छ
किन देश युवा विहिन हुदैछ सोच्ने विषय छ

नेपाल हाम्रो देश हाम्रो मातृभुमी हो
यो मेरो देश,मेरो पहिचान ,मेरो गौरव हो
अमर रहन्छ इतिहास देशभक्तिको कथा
मिहिनेत र परिश्रमले देश बनाउनु छ यहाँ

रगत र पसिना आफ्नै देशमा बगाऔ
हत्या ,हिंसा होईन सबैले शान्तिको बाटो रोजौ
छन सुन्दर हिमाल,पहाड,नदिनला,डाडापाखा
गाउछ्न कोइलिले गित छ आफ्नै भाका

सुर्यका सुनौला किरणले हिमचुलीलाई बोलाउछन
मेरो गुरु मेरो प्रेरणा शान्तिको गित गाउछन
यहाँको आफ्नै रितिरिवाज चाडपर्व छ
स्वर्गको टुक्रा हो यो प्रकृतिको उपहार चिन्न सक्नुपर्छ

गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

इजरायलले आगामी दिनमा एकैपटक विभिन्न मोर्चाबाट अचानक युद्ध सुरु हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्नो सैन्य तयारी तीव्र बनाएको छ। इजरायली…

अफ्रिकी देश केप भर्डेको फोगो टापुमा यात्रुवाहक बस सडकबाट करिब १०० फिट तल खसेपछि भएको दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु…

प्रतिकृयाहरू
...