Monday 19th October 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः हिमालको काखमा….


हिमालको काखमा रहेको मेरो देश प्यारो छ
आफ्नो सुन्दरतामा देश रमाएको छ
अब सबै नेपाली एकजुट भएर देश बचाउनुपर्छ
किन देश युवा विहिन हुदैछ सोच्ने विषय छ

नेपाल हाम्रो देश हाम्रो मातृभुमी हो
यो मेरो देश,मेरो पहिचान ,मेरो गौरव हो
अमर रहन्छ इतिहास देशभक्तिको कथा
मिहिनेत र परिश्रमले देश बनाउनु छ यहाँ

रगत र पसिना आफ्नै देशमा बगाऔ
हत्या ,हिंसा होईन सबैले शान्तिको बाटो रोजौ
छन सुन्दर हिमाल,पहाड,नदिनला,डाडापाखा
गाउछ्न कोइलिले गित छ आफ्नै भाका

सुर्यका सुनौला किरणले हिमचुलीलाई बोलाउछन
मेरो गुरु मेरो प्रेरणा शान्तिको गित गाउछन
यहाँको आफ्नै रितिरिवाज चाडपर्व छ
स्वर्गको टुक्रा हो यो प्रकृतिको उपहार चिन्न सक्नुपर्छ

गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...