Saturday 7th March 2026

आधा लागत र रंगशालाको दर्शक क्षमता घटाएर बन्ने भो रंगशाला


चितवनमा अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणको काम पुनः सुरु गरिएको छ। भरतपुर महानगरपालिकाले हिमालयन कालिञ्चोक बीबीआर जेभीलाई ३० महिनाभित्र रगंशाला निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाएको छ।

पहिलेको डिजाइन परिवर्तन गरी दर्शक क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने रंगशाला निर्माणको काम फेरि सुरु गर्न लागिएको हो। तीन वर्षदेखि अलपत्र चितवनको भरतपुर महानगरपालिका–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण नयाँ ढंगले अघि बढ्न लागेको छ। हिले फिल्डमा २ सय ५० जना कामदार खटिएका छन्।

हिलो चरणमा रंगशालामा मैदान, ड्रेनऐज, २ वटा समान ३÷३ तलाको टावर बनाइनेछ। एउटामा भिआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन्। दुवैतर्फ १५ हजार क्षमताको प्यारापिट निर्माण गरिने ढकालले जानकारी दिए।

धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रंगशाला निर्माण सम्झौता हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो। अब भने पहिलो चरणमा १५ हजार क्षमताको बन्नेछ। फाउन्डेसनले यसअघि नै दुबो रोपेर मैदान बनाएको थियो। अहिले भने नयाँ प्रविधिको प्रयोग गरी ५ वटा पिचसहितको मैदान बनाउन लागिएको छ।

महानगरपालिकाले भ्याट र पीएससहित ७८ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँमा ठेक्का दिएको छ। रंगशालामा हालसम्म धुर्मुस सुन्तली फान्डेसनले करिब ५ हजार दर्शक क्षमताको प्यारापेट बनाइसकेको छ। टावर १ को फुटिङको डन्डी बिछ्याउने काम सकिएको छ। टावर २ को खाल्डो खनेर छोडिएको छ। ड्रेनेजको काम सकिएर ढक्कन बिछ्याउने काम मात्रै बाँकी छ। अब १० हजार क्षमताको प्याराफिट निर्माण गर्ने ढकालले बताए।

फाउण्डेशनले यो परियोजना तीन अर्ब ५५ करोड रुपैयाँको रहेको बताएको थियो। बजेट अभावका कारण पहिलो चरणमा खेल्न मिल्ने मैदान निर्माण गर्न लागिएको महानगरले बताएको छ। महानगरपालिकाको यस परियोजनालाई समापन्न गर्न अर्को चरणमा बजेट विनियोजन गर्दै जाने योजना छ।

सहयोग जुटाएर निर्माण गर्न लागेको रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले बजेट अभाव भएपछि काम रोकेको थियो। अहिले पनि रङ्गशालाको ऋण १२ करोड रहेको बताइएको छ। कानुनी प्रक्रियाको कारण फाण्डेशनले बजेट पाएको छैन। यसअघि सङ्घीय सरकारले ऋण तिर्नको लागि १२ करोड विनियोजन गरेपनि कानुनी प्रकृया अनुसार तिर्न नमिलेपछि रकम फिर्ता गएको थियो।

त्यहाँ प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ। अहिलेसम्म ५४ करोड खर्च भएको फाउण्डेशनले महानगरपालिकालाई हस्तान्तरण गरेको कागजमा उल्लेख गरिएको छ। ऋण नै १२ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले तीन बर्ष अघि काम काम रोकेका थिए। २०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपति लगायत मन्त्री, सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि बढेको थियो। सर्वसाधारणबाट पैसा संकलन हुन छाडेपछि रंगशाला निर्माणको काम अलपत्र थियो।

रंगशाला निर्माणका काम आगडि बढे पनि अझै जग्गा रङ्गशालाको नाममा छैन। त्रिभुवन विश्वविद्यालयको नाममा रहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर–१५मा रहेको कृषि क्याम्पसको जग्गामा रंगशाला निर्माण हुन लागेको हो।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...