Sunday 1st November 2026

“निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


कुवेत – नेपाली दूतावास कुवेतको आयोजनामा “निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कुवेतस्थित फरवानियाको क्राउन प्लाजा होटलमा कुवेतका सम्भावित व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मी बीच “निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर” सम्बन्धी अन्तरक्रिया कार्यक्रम ३ जुलाईका दिन सम्पन्न भएको हो ।
कार्यक्रममा राजदूत घनश्याम लम्सालले दुई देशबीचको व्यापारिक सम्बन्ध विस्तार गर्न प्रयास जारी रहेको बताएका छन । नेपालमा लगानीका आकर्षक क्षेत्रहरू ऊर्जा, व्यापार, पर्यटन, कृषि लगायतमा लगानी गर्न आग्रह गर्दै काठमाडौंमा गत अप्रिलमा सम्पन्न तेस्रो नेपाल लगानी सम्मेलनको उपलब्धिलाई प्रकाश पार्दै लगानीकर्तालाई अर्को लगानी गन्तव्यका रूपमा नेपाल छनोट गर्न राजदूतले आग्रह गरे । नेपालका अलैंची, चिया, कफी, अदुवा, पश्मिना सल, हेड स्कार्फ, सुती कपडा, हस्तकला जस्ता प्रमुख नेपाली उत्पादनहरू कुवेत निकासीमा जोड दिने बताएका छन ।

कुवेतबाट नेपालमा हुने सम्भावित व्यापार र लगानीका अवसरहरू प्रकाश पार्दै कुवेतको हालको लगानीलाई उजागर गर्दै नेपालमा पर्यटन, यातायात पूर्वाधार, सूचना तथा सञ्चार तथा प्रविधि, खानी तथा खनिज, उत्पादन, स्वास्थ्य र शिक्षा जस्ता विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको काउन्सेलर सुजनी राणाले बताएकी थिइन ।
कार्यक्रमको संचालन प्रथम सचिव प्रेमराज गौतमले गरेका थिए । कार्यक्रममा कुवेत फण्ड फर अरब इकोनोमिक डेभलपमेन्टका प्रतिनिधि, कुवेतका प्रतिनिधि तथा सम्भावित लगानीकर्ता , स्थानीय पत्रकार, व्यापार तथा व्यवसायी समुदायका सदस्यहरु र एनआरएनए, कुवेतलगायत ४५ भन्दा बढीको सहभागिता रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...