Tuesday 14th January 2025

भारतले १७ वर्षपछि जित्यो टी-२० विश्वकपको उपाधि


आईसीसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिबार बारबाडोसमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको हो। भारतले १७ वर्षपछि टी-२० विश्वकपको उपाधि जितेको हो। यसअघि भारतले सन् २००७ मा भएको पहिलो टी-२० विश्वकपको उपाधि जितेको थियो।

शनिबारको खेलमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो। दक्षिण अफ्रिकाका लागि हेनरी क्लासेनले आक्रामक ब्याटिंग गर्दै ५२ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन्। २७ बल खेलेका उनले ५ छक्का र २ चौका प्रहार गरे। यस्तै क्वीन्टन डिककले ३९, ट्रिस्टन स्टब्सले ३१ तथा डेभिड मिलरले २१ रन बनाए।

भारतका हार्दिक पाण्ड्याले ३ विकेट लिए भने जसप्रित बुमराह र अर्शदिप सिंहले २/२ विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग रोजेको भारतले २० ओभरमा ७ विकेठ गुमाएर १७६ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। यस्तै अक्षर पटेलले ४७ तथा शिवम दुबेले २७ रन बनाए।

दक्षिण अफ्रिकाका केशव महाराज र एनरिक नोर्कियाँले २/२ विकेट लिए।


सम्बन्धित शीर्षकहरु

इजरायलले सम्भावित बन्धक सम्झौताको भागको रूपमा दक्षिणी इजरायलको अक्टोबर 7 मा भएको नरसंहारमा भाग लिने नुख्बा सेनासँग सम्बन्धित कुनै पनि…

“हामी हाम्रा दृढ र धैर्यवान जनता र जेलमा रहेका हाम्रा वीर कैदीहरूसँग हाम्रो प्रतिज्ञा नवीकरण गर्छौं, र हामी पुष्टि गर्छौं…

संखुवासभा समाज कुवेतले जिल्लाका तीन विद्यालयहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ। समाजका अध्यक्ष विजय लामाको नेतृत्वमा गरिएको यो…

प्रतिकृयाहरू
...