Sunday 23rd August 2026

भारतले १७ वर्षपछि जित्यो टी-२० विश्वकपको उपाधि


आईसीसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिबार बारबाडोसमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको हो। भारतले १७ वर्षपछि टी-२० विश्वकपको उपाधि जितेको हो। यसअघि भारतले सन् २००७ मा भएको पहिलो टी-२० विश्वकपको उपाधि जितेको थियो।

शनिबारको खेलमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो। दक्षिण अफ्रिकाका लागि हेनरी क्लासेनले आक्रामक ब्याटिंग गर्दै ५२ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन्। २७ बल खेलेका उनले ५ छक्का र २ चौका प्रहार गरे। यस्तै क्वीन्टन डिककले ३९, ट्रिस्टन स्टब्सले ३१ तथा डेभिड मिलरले २१ रन बनाए।

भारतका हार्दिक पाण्ड्याले ३ विकेट लिए भने जसप्रित बुमराह र अर्शदिप सिंहले २/२ विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग रोजेको भारतले २० ओभरमा ७ विकेठ गुमाएर १७६ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। यस्तै अक्षर पटेलले ४७ तथा शिवम दुबेले २७ रन बनाए।

दक्षिण अफ्रिकाका केशव महाराज र एनरिक नोर्कियाँले २/२ विकेट लिए।


सम्बन्धित शीर्षकहरु

इरानी सांसदहरूले अमेरिकाको आर्थिक प्रतिबन्ध र इरानमाथि भएका सैन्य कारबाहीलाई कारण देखाउँदै परमाणु अप्रसार सन्धि (NPT) बाट औपचारिक रूपमा बाहिरिने…

खुला मैदानमाथि आकाशमा अचानक देखिएको ठूलो गोलाकार वस्तुले स्थानीय प्रत्यक्षदर्शीलाई आश्चर्यमा पारेको छ। प्रत्यक्षदर्शीका अनुसार धातुजस्तो चम्किलो देखिने उक्त वस्तु…

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

प्रतिकृयाहरू
...