पुष्कर अथक रेग्मी – शोककाव्य कृष्णचन्द्र (२०५६) उपन्यास उर्वरा मरूभूमि (२०६९), खण्डकाव्य मेरो पाल्पा तानसेन (२०७४), शोक काव्य आमाको सम्झना दुई थोपा आँसु (२०७४), बाल कथा सङ्ग्रह मूसाको अक्कल (२०७६), बाल कविता सङ्ग्रह आर्शिवाद (२०७६), बाल कविता सङ्ग्रह नेपाली छोरी (२०७८), बाल लघु कथा सङ्ग्रह साहिरा (२०७८) सुसेली सङ्गालो सुक्ष्म चक्षु (२०७९) लगायतका कृतिहरू साहित्यकार कमला देवकोटाद्वारा लिखित सार्वजनिक भएका कृतिहरू हुन् ।
काव्य र आख्यानमा सफलताका साथ कमल चलाउँदै आउनु भएकी साहित्यकार कमला देवकोटा विशेषत: कवयित्री कमला देवकोटाको नामबाट चिरपरिचित रहेता पनि उहाँले नमस्ते आधुनिक लघुकथा मञ्चमार्फत मननीय,महनीय, उदाहरणीय एवं संग्रहणीय लघुकथाहरू संप्रेषण गर्दै आउनु भएको छ । यसै परिप्रेक्ष्यमा नमस्ते आधुनिक लघुकथा मञ्चको छैठौं वार्षिकोत्सबको पहिलो दिन संप्रेषित लघुकथा ‘आईमाई’ हो ।
आमा र छोरीबिच सम्वादात्मक शैलीमा लेखिएको यो आईमाई शीर्षकको कथा हरेकको घर घरमा हुने सामाजिक यथार्थवादी कथा हो । यो समस्या र विचार प्रधान गुरूगंभिर प्रकृतिको कथा हो । आमा धेरै कुरामा भुक्तभोगी भइसकेकोले जति जे जे गरेपनि हामी आईमाई नै हो, हाम्रो यथास्थितिवाद छदैछ भन्ने अवस्थाबाट गुज्रिरहेकीछिन् भने छोरी भर्खर सोह्र बर्षमा लागेकिले दुनियाँको रितलाई फेर्छु, सकभर बिहेनै गर्दिन, गर्नै परेपनि बिहे गरेको केटोको घरमा नगई केटीलाईनै केटी अर्थात आफ्नै घरमा ल्याएर राख्छु भन्ने सोंचका साथ आफ्नो दैनन्दिनी पढाइ लेखाइ कार्य गर्दैछिन् । यही कुरानै आईमाई कथाको सारको रूपमा रहेको छ ।
“अब पोइको घरमा गएर कसरी काम गर्ने हो।” , “भो नापिस तेरा पढाईका के काम?”, “हाम्रो आधिपत्य त न माइतीमा रहदा चल्छ न घरमा ।” जस्ता सामाजिक जीवनमा हुने सम्वाद आमा गरिरहेकी छिन् भने ” उठेदेखि गाली जति काम गरेपनि स्यावासी छैन् ।” आएँ आमा आज अलि अवेर भयो स्कूलमा गणितको क्लास टेष्ट छ ।” ,”म बिहे नै गर्दिन कि गर्नै परे मेरो लोग्ने यहीँ आउँछ ।” जस्ता सम्वाद छोरी गरिरहेकी छिन् ।
कथामा तीन पात्र छन् । आमा , छोरी र छोरा तर छोरा पात्र आनन्दले सुतिरहेको छ । यसेै सन्दर्भमा छोरी भन्छिन, “भो आमा सधैं त्यही कुरा नगर्नुस, दाइ राति जतिखेर मन लाग्यो आउँछ, हल्ला गर्छ । कहिले पनि गाली गरेको सुन्दिन, उठाउनु हुन्न ।” यसरी छोरा रछोरीमा भेदभाव गरिएको छ । भेदभाव घरभित्रबाटै नारी (आमा)ले नारी (छोरी) माथि नै गरिएको छ ।
नारीले जति पढेपनि, जति ठूलो पद र प्रतिष्ठामन पुगेपनि ऊ अधिकार विहिन छे र सदियौं देखिनै आईमाई भएर बाँचिरहेकी छे , यसैले आईमाई भएर जन्मिएका छोरी हो समय व्यवस्थापन गर, असल र सदचरित्रवान बन, समयमै सुत र समयमै उठ, परापूर्वकाल देखि चल्दै आएको गृहस्थ जीवन सम्हाल, आदर्श आईमाई (नारी) बन भन्ने नैतिक शिक्षासहितको गुह्य सन्देश दिईएको छ ।
कथामा आमा यथास्थितिवादी भूमिकामा रहेतापनि छोरी भने सशक्तीकरणको पक्षमा उभिएकी छिन् । कथा मार्मिक छ र संदेशमूलक छ । नैतिक शिक्षामा आधारित कथाले आामाको माया, छोरीको भविष्यप्रतिको चिन्ता र समस्त आईमाई जातिको जीवनमाथिनै भूत वर्तमान र भविष्यको बिश्लेषणात्मक चिन्तन गरेको छ ।
संप्रेषणको क्रममा भएका संरचनात्मक त्रुटीहरू बाहेक अन्य खासै कमजोरी कथामा देखिएका छैनन् । गृहस्थ जीवनभित्रकै पारिवारिक जीवनको दैनन्दिनीलाई टपक्कै टिपि बनाईएको यस्तै सशक्त कथा जस्तै अरू कथाहरू पनि कथाकारबाट आइनै रहुन । शुभकामना ।
मूल कथा
शीर्षक : आईमाई
कथाकार :कमला देवकोटा, पाल्पा
ए रुपा ! कहिले उठ्ने हो घाम झलमल्ल लागिसक्यो। आमाको बोलीले रुपाको निद्रा खुल्यो। उनी राती एक बजे मात्र सुतेकी थिईन्। अल्जेब्राको हिसाब गर्दा। आएँ आमा आज अलि अबेर भयो। स्कुलमा गणितको क्लास टेस्ट छ। राती सम्म मिलाउनै सकिन।
आ –
तेरा के के टेस्ट हुन् के के मलाई के थाहा? सोह्र बर्ष भैसकिस् अब पोईको घरमा गएर कसरी काम गर्ने हो? बिहानै, दैलो कुचो सरसफाई नास्ता, खाना यस्तै गरि पाउलिस्?
म एक्ली आमालाई त दलाईस दलाईस् अर्काको घर भनेको अर्काकै हो बाबै?
भो आमा संधै तेहीं कुरा नगर्नुस् दाई राति जतिखेर मन लाग्यो आउँछ, हल्ला गर्छ। कहिले पनि गाली गरेको सुन्दिन, उठाउनुहुन्न ।
बिहान नौ बज्दा पनि भो सुतुस् भन्ने हजुर म पनि उस्तै सन्तान होईनर? किन यस्तो भेदभाव गर्नुहुन्छ?
उठे देखि गाली जति काम गरेपनी स्याबासी छैन। परिक्षा आईसकेको छ। अब त मैले पढ्न पाउनु पर्दैन ?
भो नापिस् तेरा पढाईको के काम ? आखिर आईमाईले जति पढे पनि पुरुष सरह हुन सक्ने हैनन्। छोरी जर्किदै भन्न लागि। किन अर्काको घर जानै पर्ने मैले ?
म बिहे नै गर्दिन। कि गर्ने परे मेरो लोग्ने यहीँ आउँछ। उसले काम गर्ला म अफिस सम्हाल्छु। उसले पनि पढेको छ भने दुबैले काम गरौंला। घर पनि बराबर हेरौंला हुंदैन र? आमा रिसले चुर हुँदै भन्न लागिन्। जन्मंदै ठगिंदै आएको हो के आईमाई जाती बुझिस् हामीले खोजेर केही पाईंदैन। यो नियम
त परा पूर्व देखि चल्दै आएको हो। पल्टाउन त सम्बिधान पल्टाउन भन्दा पनि मुश्किल छ बुझिस्? हाम्रो आधिपत्य त न माईतीमा रहंदा चल्छ न घरमा ।