Saturday 17th October 2026

पाल्पाको तानसेनमा भगवती जात्रा


तितोपाटी- पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६औँ खट् यात्रा निकालिएको छ। श्रीकृष्णाअष्टमीको रातमा जाग्रामसंगै भोलिपल्ट भगवती जात्रा भब्य रुपमा मनाईने गर्दछ। सोही अवसरमा आइतबार दिउँसो १२ः३० बजेको उत्तम साइतमा सिन्दूर यात्रा भगवतीको खट् या रथ यात्रा बिशेष तरिकाले  नगर परिक्रमा गराइएको छ। नेपाल–अङ्ग्रेज युद्धमा विजयी हासिल गरेको सम्झनामा भगवतीको खट् सहितको सिन्दूर जात्रा निकाल्ने प्रचलन छ । बिभिन्न झाकी, पन्चे बाजा, भजन कृतन नाच गान सहित तानसेन बजार परिक्रमा गरिएको थियो।

पाल्पामा भब्य रुपमा मनाइएको भगवती जात्रा रथ यात्रामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधान सेनापति बलाधिकृत रथी श्री अशोकराज सिग्देल लगायत   लुम्बिनी प्रदेशका सभामुख, मन्त्रीहरु, पाल्पाली सांसदहरु, उच्च पदस्थ ब्याक्तित्वहरुको उपस्थिती रहेको थियो।

बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेअनुसार यो जात्रा मनाउने गरिएको मान्यता रहेको छ । लुम्बिनी सरकारले हरेक बर्ष जस्तै यस बर्ष पनि पाल्पामा सार्वजनिक बिदा दिएको थियो  भने जात्रा अवलोकनका लागि छिमेकी जिल्लाहरु रुपन्देही,  गुल्मी, अर्घाखाँची, स्याङ्जाबाट जात्रा अवलोकन अर्थात  रथ यात्रामा ठुलो संख्यामा श्रदालु  भक्तजन सहभागी भएका थिए ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...