Wednesday 30th September 2026

रामहरि खतिवडाले बुझाए राजिनामा


तितोपाटी- कुलिंग पिरेड बिबादमा परे सँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई राजीनामा पत्र नै बुझाएका हुन् ।

‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु’ खतिवडाले पत्रमा लेखेका छन् । निजामति कर्मचारी एंन विधेकमा कुलिंग पिरेड सम्बन्ध बिबाद संगै जिबन परियारको संयोजकतामा छानबिन समिति प्रतिबेदनमा  सभापति खतिवडा सहित ३ जनालाई नैतिक जिम्मेवार ठर्याएको थियो ।

 


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...