Monday 10th November 2025

आणविक हतियारको मामिलामा भारतले पाकिस्तानलाई उछिन्यो तर चीनभन्दा धेरै पछाडि


स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेका छन् ।

प्रतिवेदनमा भारतसँग पाकिस्तानभन्दा धेरै आणविक हतियार रहेको उल्लेख छ ।

भारतसँग सन् २०२३ मा १६४ आणविक हतियार थिए, जुन २०२४ मा बढेर १७२ पुगेको छ भने पाकिस्तानसँग गत वर्ष पनि १७० आणविक हतियार रहेकोमा यो वर्ष अहिलेसम्म कुनै वृद्धि भएको छैन ।

चीनको कुरा गर्दा सन् २०२३ मा ४१० आणविक हतियार थिए, जुन यस वर्ष बढेर ५०० पुगेको छ ।

अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायललगायत नौ आणविक हतियारधारी राष्ट्रहरूले आफ्ना आणविक हतियारको आधुनिकीकरणलाई निरन्तरता दिइरहेका छन् र तीमध्ये धेरैले सन् २०२३ मा नयाँ आणविक-सक्षम प्रणालीहरू तयार गरेका छन्।

आणविक हतियारको मामिलामा अमेरिका र रुस सबैभन्दा अगाडि छन्, जससँग ९० प्रतिशत आणविक हतियार छन् ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

प्रतिकृयाहरू
...