Friday 16th January 2026

अमेजनका मालिक जेफ बेजोस पुनः बने विश्वका सर्वाधिक धनी


अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजन डट कमका मालिक जेफ बेजोस पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियलटाइम बिलेनियर्स इन्डेक्सका अनुसार २ खर्ब ६ अर्ब डलर नेटवर्थसहित उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । उनी यस अघि सन २०१७ देखि २०२१ सम्मका सर्वाधिक धनी व्यक्ति हुन् ।

उनले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई उछिनेर शीर्ष स्थान हाँसिल गरेका हुन् ।

सूचीको दोस्रो स्थानमा रहेका मस्कको नेटवर्थ २ खर्ब ३ अर्ब डलर रहेको छ । गएको २४ घण्टामा उनको नेटवर्थ ३ अर्ब १९ करोड डलरले घटेको छ ।

१ खर्ब ९८ अर्ब डलरसहित फ्रान्सेली लक्जरी टाइकुन बर्नर्ड आर्नो तेस्रो स्थानमा छन् भने सामाजिक सञ्जाल कम्पनी फेसबुक (मेटा)का मालिक मार्क जुकरबर्ग सूचीको चौथो स्थानमा छन् । उनको नेटवर्थ १ खर्ब ७९ अर्ब डलर छ ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...