Wednesday 9th July 2025

९० देश र अन्तर्राष्ट्रिय संघसंस्था सहभागी सम्मेलनमा पुटिनको शर्त अस्वीकार


इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् ।

व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले आयोजना गरेको सम्मेलनमा भेला भएका देशहरूले पुटिनको शर्त अस्वीकार गरेका थिए । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शान्ति योजनालाई प्रोपागाण्डा भनेकी छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जले यो ‘तानाशाहको शान्ति’ भएको बताएका छन् । युक्रेनमा रुसको हमलापछि स्वीट्जरल्याण्डमा हुन लागेको यो शान्ति सम्मेलन विभिन्न देश र अन्तर्राष्ट्रिय संघसंस्थाको सबैभन्दा ठूलो बैठक हो । यसमा ९० देश र अन्तर्राष्ट्रिय संघसंस्था सहभागी छन् । यो सम्मेलन सुरु हुनुभन्दा दुई दिनअघि पुटिनले आफ्ना शर्त राखेका थिए ।

पुटिनले युक्रेनमा युद्ध रोक्न दुईवटा शर्त राखेका थिए ।

पहिलो, युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्नुपर्नेछ। दोस्रो, युक्रेन नेटोमा सामेल हुने छैन। युक्रेन संकट अन्त्यका लागि स्वीट्जरल्याण्डमा आयोजित दुईदिने बैठकमा घोषणापत्रको मस्यौदा तयार गरिएको हो । घोषणाले युक्रेनको क्षेत्रीय अखण्डता र यसविरुद्धको कुनै पनि आणविक खतरालाई स्पष्ट रूपमा अस्वीकार गरेको छ।

यो घोषणापत्र आइतबार औपचारिक रुपमा स्वीकृत हुनेछ । यसले विश्वव्यापी खाद्य सुरक्षाका लागि ब्ल्याक सी र अजोभ सागर हुँदै व्यावसायिक जहाजहरू आवतजावत गर्न अनुमति दिन आवश्यक भएको पनि बताएको छ।

“युक्रेनको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतासँग कुनै सम्झौता हुँदैन,” युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रमुख आन्द्रेई येर्माकले स्विट्जरल्याण्ड शिखर सम्मेलनको क्रममा बीबीसीलाई भने।


सम्बन्धित शीर्षकहरु

हिब्रू मिडियाले मंगलबार रिपोर्ट गरेको छ कि 'इजरायली' प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र सिरियाली राष्ट्रपति अहमद अल-शारा बीच वाशिंगटनमा उच्चस्तरीय बैठक…

यमनका हुथीहरूले हालै नौसेना अपरेशनको फुटेज जारी गरेका छन । जसले लाल सागरमा व्यावसायिक जहाज म्याजिक सीजलाई डुबाएको देखाएको छ…

तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...