Thursday 22nd October 2026

कुवेतको एक श्रमिक क्याम्पमा आगलागी, ४३ आप्रवासी श्रमिकको मृत्यु


कुवेतको मङ्गाफ स्थित कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा ४३ जना कामदारको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमहरूका अनुसार मृत्यु हुनेमा अधिकांश भारतीय नागरिक रहेका छन् । मंगाफ स्थित ब्लक ४ को २३ नं. सडकमा रहेको उक्त भवनमा विहानीपख कामदारहरू सुतिरहेको समयमा आगलागी भएकोले हताहत हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

६ तलाको भवनमा १९६ जना कामदार बस्दै आएको उक्त भवनमा आगलागी हुदा थुप्रै घाइते भएका छन् । आगलागी बिहान ४ः३० बजेतिर भएको हो । कतिपय मृतकको पहिचान बायोमेट्रिक फिंगरप्रिन्टिङ वा डीएनए फिंगर प्रिन्टिङ प्रयोग गरेर फरेन्सिक प्रमाणबाट गरिने बताइएको छ ।

धेरै जसो भारतीय नागरिक परेका छ्न। नेपाल लगायत अन्य देशका कामदार उक्त भवनमा के कति थिए? कति आगलागीमा परे भन्ने कुराको बिस्तृत विवरण आएको छैन।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...