Sunday 29th March 2026

राजन श्रेष्ठलाइ नेतृत्व सुम्पदै नेजप्र मञ्च कुवेतको पाँचाैं राष्ट्रिय अधिवशेन सम्पन्न


नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाैं राष्ट्रिय अधिवेशन हिजो ७ जुन २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाकक्षमा भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले २०२४-२०२६ कार्यकालको लागि राजन श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ भने ध्रुबकुमार संग्राैला (कुमार झापाली)को नेतृत्वमा ११ सदस्यीय संरक्षक/सल्लाहकार समिति पनि सार्वजनिक गरेको छ ।

मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगर (मनु)को सभाध्यक्षता र नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष पम्फा भुसालको प्रमुख अातिथ्यतामा सम्पन्न पाँचाै राष्ट्रिय अधिवेशनका विशेष अतिथिहरूमा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्साल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिबि छेत्री, नेकपा माओवादी केन्द्र एशिया प्रदेश संयोजक शनि कुमार ओली थिए ।

नेकपा माओवादी केन्द्र एशिया प्रदेश सह-सचीव श्रीकृष्ण भट्टराई, नेकपा माओवादी केन्द्र एशिया प्रदेश सद्स्य तथा पश्चिम एशिया संयोजक होमनाथ शर्मा, नेकपा माओवादी केन्द्र एशिया प्रदेश सल्लाहकार अमित राई चाम्लिङ, नेकपा माओवादी केन्द्र एशिया प्रदेश सदस्य बुद्धि प्रशाद भन्डारी, नेपाली जनप्रगतिशी मञ्च कतारका अध्यक्ष राजेन्द्र देबकोटा, प्रवासी नेपाली मञ्च कुवेतका अध्यक्ष राज कुमार थापा, नेपाली जन-सम्पर्क समितिका अध्यक्ष राजेन्द्र बिरही, प्रवासी नेपाली एकता मञ्च कुवेतका अध्यक्ष युबराज गैरे, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभागका अध्यक्ष युबराज बस्याल, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष जयनारायण थारू, एनअ।रएनए कुवेतका अध्यक्ष रणध्वज लामा, संस्थापक अध्यक्ष ध्रुबकुमार संग्राैला, पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ लगायत कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी/प्रतिनीधि, पत्रकारहरू अतिथि रहेको उक्त कार्यक्रममा समाजसेजी तथा वुद्धिजीवीहरूका अलावा पार्टीप्रति अास्थावान प्रवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

झण्डै डेढ घण्टा ढिलो गरि शुरू भएको अधिवेशन समारोह उद्घाटन लगत्तै सर्वसहमतिमा निर्वाचित भएको नयाँ कार्यसमितिको निर्वाचन संयोजक कुमार झापालीले घोषणा गरेका थिए भने शुभकामना मन्तव्यका क्रममा उठाइएका घरेलु कामदार सम्बन्धी विषय, नेपाली श्रमिकको अाधारभूत तलब वृ्द्दि सम्बन्धि विषय, अवैधानिक अवस्थामा ज्यान गुमाएका श्रमिकका पार्थिक शरीर स्वदेश पठाउने सम्बन्धी विषय र समग्र प्रवासी श्रमिकका समस्याहरूका बारेमा महामहिम राजदूत घनशयाम लम्सालले यथार्थता स्पष्ट पार्दै प्रवासी श्रमिकका समस्या समाधान गर्न अाफु सबैसँग उत्तिकै रूपमा सहकार्य गरिरहेको र कुटनीतिक माध्यमबाट गर्न सकिने कामहरूमा कुनै कसर बाँकी नराखेको बताएका थिए ।

अधिवेशनमा अाफ्नो सारगर्भित मन्तव्य दिदैं पार्टी केन्द्रीय उपाधयक्ष भुसालले अाफु केही समयदेखि मध्यपूर्वको दाैडाहामा रहेको र अन्य मुलुकका तुलनामा कुवेतमा घरेलु कामदार सम्बन्धि समस्या जटिल भएको पाएको बताउँदै उक्त समस्या समाधानका लागि स्वदेश फर्के लगत्तै पार्टीमा यस विषयमा कुरा राख्ने जनाउँदै कुनै पनि देश धनि हुन मुख्य तत्व जनशक्ति भएको बताउँदै देशलाइ खाँचो पर्ने युवा जनशक्ति सधैं परदेशमा मात्रै बस्नु हुँदैन । स्वदेशमा फर्केर परदेशमा सिकेको सीपको सदुपयोग गर्न सबै प्रवासीहरूलाइ अनुरोध गर्दै वर्तमान संविधानले गरेको व्यवस्थाको कारण एकमना सरकार हुन नसक्ने स्थिति रहेकोले स्थायी सरकार बन्न नसक्दा देशले गति लिन नसकेको बताउँदै प्रवासमा रहेका युवावर्गलाइ राष्ट्र र सरकार संचालनको मुल धारमा ल्याउन नीति निर्माणमा लागि पर्ने बताए ।

शुभकामना मन्तव्य दिने वक्ताहरूमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डि बि क्षेत्री, एसिया प्रदेश प्रमुख शनि कुमार ओली, प्रदेश सल्लाहकार अमित चाम्लिङ, क्षेत्रीय प्रमुख होम शर्मा, जन-प्रगतिशील मञ्च कतारका प्रमुख राजेन्द्र देवकोटा, जन-सम्पर्क समितिका राजेन्द्र विरही, प्रवासी नेपाली मञ्चका राज कुमार थापा, प्रवासी नेपाली एकता मञ्चका युवराज गैरे, राष्ट्रिय सवतन्त्र पार्टीका युवराज बस्याल, अन्तर्राष्ट्रिय नेपाली समाजका जयनारायण थारू, एनअारएनए कुवेतका अध्यक्ष रणध्वज लामा, पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल, जनजाती महासंघका अध्यक्ष अमृत तामाङ लगायतका अतिथिहरू थिए ।

नेपाली जन–प्रगतिशील मञ्च कुवेतको पाँचौं राष्ट्रिय अधिवेशनबाट सन २०२४–२०२६ कार्यकालको लागि नव निर्वाचित कार्य समितिको नामावली यस प्रकार रहेको छ ।

संरक्षक समितिः
ध्रुब कुमार संग्रौला (कुमार झापाली)
मन बहादुर भुजेल मगर (मनु)

सल्लाहकार समितिः
सुजन के.सि.
आनन्द आचार्य
माधव पौडेल
दिल कुमार पाख्रिन
दामोदर बटाला
राजु घिमाल
बुद्धि बहादुर गुरुङ
दिल पुन
राम चन्द्र कार्की
रमादिन मिया

कार्यकारी समितिः
अध्यक्ष राजन श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष जिवन सुनार
उपाध्यक्ष रुपक थापा
उपाध्यक्ष दिपक कुमार नेपाली
महिला उपाध्यक्ष इन्दिरा चाम्लिङ राई
महासचिव दिल श्रीपाली
सचिव सुजन ढकाल
कोषाध्यक्ष बसन्त साम्बा (अमित किराती)
सह–कोषाध्यक्ष निरज क्षेत्री
सदस्य तेज प्रसाद पाण्डे
सदस्य हिमला तामाङ
सदस्य मैना किसान
सदस्य सरस्वती बि.क.
सदस्य विष्णु माया तामाङ
सदस्य मिलन थापा
सदस्य गम बहादुर बि.क.
सदस्य चक्र कुलुङ राई
सदस्य उत्तम गुरुङ
सदस्य हित बहादुर गुरुङ
सदस्य सन्दिप मिजार
सदस्य भोग बहादुर पुलामी मगर
सदस्य जित बहादुर लामा (राजु)
सदस्य दामोदर न्यौपाने
सदस्य सरोज सेन्चुरी
सदस्य प्रकाश थुलुङ राई
सदस्य सुरज राई
सदस्य सर्वेश कुमार राय


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...