Tuesday 15th October 2024

नेपालको पश्चिम तराइमा तातो हावाको लहरको कारण “लु” लाग्न सक्ने


नेपालको पश्चिम तराइ भेगमा तातो हावाको लहरको कारण “लु” लाग्न सक्ने स्थिति देखिएको छ । पश्चिम तराइमा अझै केही दिन तातो हावाको लहर कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकोले “लु” लाग्न सक्ने स्थिति देखिएको हो ।

विभागले शुक्रबार विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म तातो हावा र तातो हावाको लहर चल्ने बताएको छ भने नियमितभन्दा ५ डिग्री सेन्टिग्रेड तापक्रम लगातार पाँच दिनभन्दा बढी भइराख्यो भने ‘लु’ लाग्ने(लेकमा अक्सिजनको कमीले लेक लागे जस्तै अत्याधिक गर्मीले ‘लु’लाग्छ) सम्भावना हुन्छ। ‘लु’ लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ।

सामान्यतया तराइमा गर्मी बढेसँगै तातो हावा चल्न थाल्छ र सोही हावाका कारण लु लाग्ने गर्दछ ।

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। बिहीबार मात्र टीकापुरमा ४५.२ डिग्री सेल्सियस मापन भएको थियो।

पश्चिम तराईसँगै उपत्यका क्षेत्रमा पनि तापक्रम उच्च छ। शुक्रबार पनि नेपालगन्जमा ४३, धनगढीमा ४२.५, दिपायलमा ४१.२, सुर्खेतमा ४०.४, घोराहीमा ३८.६ र भैरहवामा ३६.८ डिग्री सेल्सियस मापन भएको छ।


सम्बन्धित शीर्षकहरु

विवादास्पद इस्लामिक प्रचारक जाकिर नाइक हाल पाकिस्तानमा छन् र पाकिस्तानी जनताले उनलाई कडा निशाना गरिरहेका छन्। कतिपय पाकिस्तानी पत्रकार, प्रोफेसर…

बंगलादेशको एउटा मन्दिरमा भएको चोरी र पूजा मण्डपमा आक्रमणको घटनाको भारतले कडा निन्दा गरेको छ। भारतीय विदेश मन्त्रालयले यसलाई ‘दुःख’…

बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा…

प्रतिकृयाहरू
...