Sunday 12th April 2026

हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधन


इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।
उनीसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको पनि ज्यान गएको छ । इरानी उच्च अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको पुष्टि गरेको हो । उनीहरु सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो ।

हेलिकोप्टर सम्पर्कविहीन भएको करिब १५ घण्टापछि दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान भेटिएको इरानी सञ्चार माध्यमले जनाएका छन् । अजरबैजानको सीमा क्षेत्र जोल्फा नजिकै पूर्ण रुपमा जलेको अवस्थामा हेलिकोप्टर भेटिएको अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर सम्पर्कविहीन भएपछि २० भन्दा बढी होलिकोप्टर खोजीमा खटाइएको थियो ।

टर्कीबाट गएको ड्रोनले हेलिकप्टरको दुर्घटनास्थल पत्ता लगाएको थियो ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...