Wednesday 18th February 2026

इजरायल–हमास वार्ता निष्कर्षविहीन, गाजा क्षेत्रबाट आक्रमण हुँदा इजरायलका ३ सैनिक मारिए


एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ ।

वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र हमासका कमाण्डर इस्माइल हानियेले एकअर्कालाई लगाएका छन् ।

वार्ता निष्कर्षविहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट हमला समेत भएको छ । गाजा क्षेत्रबाट भएको सो हमलामा परी आफ्ना तीन सैनिक मारिएको र केही घाइते भएका इजरायलले जनाएको छ ।

गाजामा संघर्षविराम र इजरायली बन्धकलाई रिहा गर्ने उद्देश्यअनुुसार इजिप्टको राजधानी कायरोमा वार्ता भएको थियो । दोस्रो दिनको वार्ता आइतबार समाप्त भएको छ ।

हमासको वार्ता टोलीका सदस्यहरुका अनुसार अब उनीहरु कतार फर्किने छन् । कतार पुगेर आफ्ना शीर्ष नेताहरुलाई भेटेर वार्तामा भएका कुराकानीका विषय जानकारी गराउने छन् । वार्ताका जानकार एक अधिकारीका अनुसार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए)का निर्देशक विलियम बन्र्स पनि कतार जानेछन् ।

वार्ता समाप्त भएको खबर सार्वजनिक हुनासाथ गाजा क्षेत्रमा राहत सामग्री पुर्‍याउने बाटोमा पर्ने केरेम शेलोम चौकीमा रकेट आक्रमण भएको बीबीसीले जनाएको छ । यस्तै दक्षिणी गाजा क्षेत्रमा रफाह चौकी नजिक पनि १० प्रोजेक्टाइल प्रहार भएको छ ।

यसैबीच इजरायलको तेल अभिव शहरमा सरकारविरुद्ध व्यापक प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले हमासले बन्धक बनाएकाहरुलाई सकुशल रिहा गराउन इजरायल सरकारसँग माग गर्दै आएका छन् ।

हमासले इजरायलमा आक्रमण गरेर कब्जामा लिएका नेपालका विपिन जोशीको पनि अहिलेसम्म अत्तोपत्तो छैन ।


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...