Sunday 8th February 2026

तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न,(१०९) जनाले रक्तदान गरे


कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो। भने (१०९)जना स्वयंसेवी रक्तदाता हरुले रक्तदान गरेका थिए ।

तमू समाज,कुवेतका अध्यक्ष राजु गुरुङको अध्यक्ष्यतामा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्साल, बिशिस्ट अतिथि NRAN कुवेतका अध्यक्ष रणध्वज लामा,सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा:समर (Dr Samar) अतिथिहरुमा नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,कार्यक्रममा नेपाली दुतावास परिवार कुबेतका बिभिन्न संघ सस्थाका प्रतिनिधीहरु,पत्रकारहरु तथा स्वंयम सेवी रक्तदाता हरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
अपरान्ह दुई बजेदेखि शुरु भएको उक्त कार्यक्रम लाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी, बिशेष अतिथीहरु द्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेका थिए।कार्यक्रमको प्रमुख अतिथि महामहिम राजदूतले रक्तदानको महत्वलाई प्रस्ट पार्दै यस मानिवय कार्यमा सङ्लग्न सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिदै यस्तो पवित्र कार्य आयोजना गरेकोमा आयोजक तमू समाज, कुवेतको खुलेर प्रसंशा गर्नु भएको थियो। शुभकामना मन्तब्यकै क्रममा ब्लड बैंकका प्रतिनिधि (डा समर – Dr Samar ),गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, कुवेत अध्यक्ष रणध्वज लामा,नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल,NRAN कुवेतका वरिष्ठ उपाध्यक्ष दिलकुमार पाख्रीनले शुभकामना मन्तव्य दिएका थिए।

समाजका बरीष्ठ सल्लाहकार, कार्यक्रम संयोजक (खोप गुरुङ)ले सञ्चालन गरेको औपचारिक कार्यक्रम लाई सम्बोधन गर्दै समाजका अध्यक्ष राजु गुरुङले जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा नेपालीहरु माझ सचेतना जगाउदै यस्ता मानविय कार्यमा उप्रेरणा जगाउन तमू समाज हरदम लागि परेको प्रस्ट्याउदै उक्त आठौ वृहत रक्तदान कार्यमा सहयोग गर्नुहुने नेपाली राजदुताबास,नेपाली सँघ-संस्था,एवं पत्रकार लगायत सम्पूर्ण रक्तदाता सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

-राजन रिमाल लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्। तर जब खेल मैदानमा म्याच फिक्सिङ हुन्छ…

प्रतिकृयाहरू
...