Sunday 22nd December 2024

रामदेवको कम्पनी पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज


उत्तराखण्ड सरकारले योगगुरु बाबा रामदेवको आयुर्वेद कम्पनी पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । सरकारले सर्वोच्च अदालतलाई यस्तो बताएको हो । लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वासारी गोल्ड, स्वासारी वाटी, ब्रोन्कोम, स्वासारी प्रवाही, स्वासारी अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट, आईग्रिट गोल्ड र पतञ्जलि दृष्टि आई ड्रप पनि समावेश छन् ।

रामदेव, पतञ्जलिका महाप्रबन्धक आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध लागू औषध तथा जादुई उपचार ऐन उल्लङ्घन गरेको भन्दै आपराधिक उजुरी पनि दायर गरिएको छ ।

उत्तराखण्ड सरकारले सर्वोच्च अदालतमा दिएको शपथ पत्रमा यस्तो जवाफ दिएको हो । सर्वोच्च अदालतमा रामदेव र पतञ्जलिका प्रबन्ध निर्देशक बालकृष्णविरुद्ध अदालतको आदेशको अवहेलना गरेको मुद्दाको सुनुवाइ भइरहेको अवस्थामा राज्य सरकारले यो कारबाही गरेको हो । पतञ्जलिले हालै मात्र पत्रपत्रिकामा माफीनामा छापेको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजना र अल मुजैनी एक्सचेन्ज को मुख्य प्रायोजनमा वाक कला तथा कार्यक्रम आयोजना -…

१ करोड भन्दा बढिको धनराशिसहित जनकपुर बोल्ट्स एनपीएल पहिलो सिजनको च्याम्पियन्स बनेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग…

आज शनिबार बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । बिहान ४ बजेतिर शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।…

प्रतिकृयाहरू
...