Tuesday 13th January 2026

सहकारी समस्या समाधानका लागि सरकारले छुट्टै कानुन बनाउने


सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल कानुन व्यवस्था गरी सहकारी र तिनका कारण वचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । सरकारले विद्यमान कानुनी संरचनाबाट हाल देखिएको सहकारीसम्बन्धी समस्या समाधान नहुने निष्कर्ष निकाल्दै नयाँ कानुनी प्रावधान ल्याएर उक्त समस्या समाधान गर्ने योजना बनाएको हो ।

सहकारीसँग सम्बन्धित माैजुदा कानुनले सहकारीका सदस्य बचतकर्ताहरूको समस्यालाइ सम्बोधन गर्न असहज भएको भनि सरकारले अध्यादेश मार्फत कानुन ल्याउन लागेको हो । देशभर बढीरहेको सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्याको समाधान गर्न ढिला गर्न नहुने भन्दै संसदीय प्रकृयाबाट कानुन बनाउँदा ढिला हुने भएकोले सरकारले अध्यादेशमार्फत सहकारी सम्बन्धी समस्या समाधान खोज्न लागेको हो ।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...