Sunday 12th April 2026

ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प


ताइवानमा शक्तिसाली भूकम्प गएको छ । बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । यसको धक्का जापान र फिलिपिन्ससम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ताइवानको सेन्ट्रल वेदर ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला २ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

ताइवानको दमकल विभागका अनुसार एक जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।

मौसम विभागका अनुसार पूर्वी ताइवानको हुआलियन सहरमा भूकम्प गएको हो । यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो । नेपाली समय अनुसार बिहान पौन ६ बजे भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएका छन् भने पहिरो पनि गएको छ । ताइवानी मिडियाका अनुसार भूकम्पपछि ताइवानका ९१ हजारभन्दा बढी घर बिजुलीविहीन छन् । भूकम्पले तार र विद्युत् आयोजनामा क्षति पुगेको छ ।

भूकम्पपछि ताइवान, जापान र फिलिपिन्सले सुनामीको चेतावनी जारी गरेका थिए । जापानको मौसम विभागले समुन्द्रमा ३ मिटर अग्लो छाल आउने अनुमान गरेको थियो ।

तर, अहिले जापान र फिलिपिन्सले सुनामीको चेतावनी भने हटाएका छन् ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनस्थित ताइवान मामिलाको अनुगमन गर्ने कार्यालयले भूकम्पबाट भएको क्षतिप्रति चिन्तित रहेको र ताइवानलाई सहयोग पठाउन तयार रहेको जनाएको छ । चीनले ताइवानलाई आफ्नो हिस्सा दाबी गर्दै आएको छ । तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र दावी गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...