Saturday 17th January 2026

अमेरिकाले इजरायललाई दियो हतियार निर्यातको स्वीकृति


अमेरिले इजरायललाई अर्बौं डलरको बम र लडाकु विमान निर्यात गर्न (डिफेन्स एक्सपोर्ट क्लियरेन्स) स्वीकृति दिएको छ ।

दक्षिण गाजामा जारी इजरायलको आक्रमणको चौतर्फी आलोचना र संयुक्त राष्ट्र संघले समेत युद्ध विरामको पक्षमा मतदान गरिसकेको अवस्थामा जो बाइडेन प्रशासनले इजरायलाई बम र लडाकु अमेरिकाबाट निर्यात गर्न स्वीकृति दिएको हो । यो सहमतिलाई भने गोप्य राखिएको वाशिंगटन पोस्टले जनाएको छ ।

यसलाई इजरायलको रक्षा रणनीतिको लागि अमेरिकाको अटुट समर्थनको रुपमा ब्याख्या पनि गरिएको छ । डिफेन्स एक्सपोर्ट क्लियरेन्समा समावेश गरिएका हतियारहरूमा १८०० एमके ८४, बम र ५०० एमके ८२ बम रहेको अमेरिकी रक्षा विभाग, पेन्टागन र विदेश विभागका अधिकारीहरूले पनि यसको पुष्टि गरेका छन् ।

संयुक्त राष्ट्र संघमा यसअघि लगातार भिटो प्रयोग गर्दै आएको अमेरिकाले पछिल्लो मतदानमा भिटोको प्रयोग नगरेपछि इजरायल अमेरिकासँग रिसाएको रुपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका थिए । तर, अहिले बाइडेन प्रशासनले दिएको हतियार निर्यातको स्वीकृतिलाई सम्बन्ध सुधारको रुपमा हेरिएको छ ।

इजरायल प्यालेस्टाइन युद्ध अक्टोरबाट सुरु भएको थियो । यसबीचमा झण्डै ३३ हजार नागरिकको मृत्यु भइसकेको छ भने लाखौं मानिसहरु युद्धको चपेटामा परेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...