Tuesday 20th January 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित भएको छ । यसको पछाडि खराब मौसमलाई कारण मानिएको छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “पारो विमानस्थलको खराब मौसमलाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित गर्ने निर्णय दुवै पक्षको सहमतिमा भएको हो। “परराष्ट्र मन्त्रालयले दुवै पक्षले प्रधानमन्त्री मोदीको भ्रमणको नयाँ मितिमा काम गरिरहेको बताएको छ । प्रधानमन्त्री मोदी 21 र 22 मार्चमा भुटान भ्रमणमा जाँदै थिए।

यसअघि मंगलबार प्रधानमन्त्री मोदीको भ्रमणको बारेमा जानकारी दिँदै विदेश मन्त्रालयले भारत र भुटानबीच अद्वितीय साझेदारी रहेको बताएको थियो जसको जग आपसी विश्वास, समझदारी र सद्भावनामा आधारित छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...