Wednesday 11th March 2026

भट्टराई नेतृत्वको नेसपा विभाजित


माओवादीको चुनाव चिन्ह बाट चुनाव लडेर जितेका नेपाल समाजवादी पार्टी (नेसपा)का सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिइरहेका बेला डा.बाबुराम भट्टराई नेतृत्वको (नेसपा) विभाजित भएको भएको छ । विभाजित पक्षको नेतृत्व गर्दै महिन्द्र राय यादवले माओवादी केन्द्रसँग पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् ।
शनिवार पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्दै चार बुँदे सहमति गरेको हो । सहमतिमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले पार्टी एकता गर्ने सहमति गरेको र एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनले टुंगो लगाउने विज्ञप्तिमा उल्लेख छ ।नेसपाबाट प्रतिनिधिसभामा महिन्द्र यादवसहित २ सांसद छन् । त्यस्तै वागमती र गण्डकी प्रदेशसभामा पनि एक एक सांसद छन् ।

भट्टराई निकटका नेताहरूले माओवादीमा प्रवेश गर्न चाहेकाले संवाद गरेको आरोप लगाएका छन् । नेसपाका कार्यालय प्रमुख रोशन पोखरेलले अहिले पार्टीगतरूपमा माओवादीसँग एकताको संवाद नै हुन नसक्ने बताएका छन । भट्टराईबिनाको बैठकको औचित्य नरहेको उनको भनाइ छ । भट्टराईले पार्टीको कार्यकारिणी समिति बैठक आइतबार र सोमबारका लागि बोलाएका छन् । तर, यादव पक्षले बैठक नै नरहेको भन्दै विज्ञप्ति जारी गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...