Monday 13th April 2026

धरानबाट भोजपुर जाँदै गरेको बलेरो जिप उदयपुरमा दुर्घटना हुँदा घटनास्थलमै ७ जनाको मृत्यु


धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । धरानबाट जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो । सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको बलेरो जीप दुर्घटनामा परि सवारी चालक सहित १ बच्चा, ३ महिला र २ पुरूषको मृत्यु भएको छ ।

को १ ज २५९३ नम्बरको बोलेरो बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिपमा चालक र सहचालक सहित १६ जना रहेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...