Wednesday 28th January 2026

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका दाहाल निर्वाचित


राष्ट्रियसभा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् ।

दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्रसहित, एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।

सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनमा कुल ५६ जना सदस्य उपस्थित भएकामा शर्माको दाहालको पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत खस्यो ।

को हुन् त उनी ?
२०१२ साल चैत ६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेका दाहाल पुराना वामपन्थी नेता हुन् । उनी बुबा स्व.कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालको पहिलो सन्तान हुन् । २०१९ सालमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परिवारसँगै दाहालका परिवार चितवनको शिवनगरमा बसाइँ सरी आएका थिए । प्रचण्ड र नारायणका हजुरबा दाजुभाइ हुन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...