Friday 9th January 2026

बिहेको निम्तो मान्न भारत आइपुगे फेसबुकका संस्थापक मार्क जुकरबर्ग


एजेन्सि- अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा सहभागी हुने सेलिब्रेटीहरूको सूची लामो देखिएको छ। फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो बिबाह समारोहमा सहभागी हुनका लागि भारतको जामनगर आइपुगेका छन् । उनी आफ्नी पत्नी प्रिसेलिया चानसँग जामनगर पुगेका थिए जहाँ उनलाई विमानस्थलमा गुजराती परम्परागत शैलीमा स्वागत गरिएको थियो।

मार्क जुकरबर्ग भन्दा पहिले एमार प्रोपर्टीजका संस्थापक मोहम्मद अलब्बर पनि जामनगर पुगिसकेका छन् । इमार प्रोपर्टीज, त्यही हो, जसले बुर्ज खलिफा बनाएको थियो । हाल इमार विश्वका ८० देशमा काम गरिरहेको छ ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्व समारोहमा धेरै बलिउड सेलिब्रेटीहरू सहभागी भएका छन् । अहिलेसम्म शाहरुख खान, सलमान खान, रणवीर कपुर, आलिया भट्ट, अर्जुन कपुर र जान्हवी कपुर समारोहमा सहभागी हुन जामनगर पुगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

यसैगरी, भारतका अर्बपति मुकेश अम्बानीको छोराका बिबाहमा सहभागी हुनका लागि फेसबुकका संस्थापक मार्क जुकरबर्ग, माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स, साउदी आरामकोका अध्यक्ष यासेर अल रुमायान, एनभी इन्भेष्टमेन्टका संस्थापक भिभी नेभो, हार्वर्ड बिजनेस स्कूलका पूर्व डिन नितिन नोहरिया, सीसीआरएम न्यूयोर्कका संस्थापक साझेदार डा. ब्रायन लेभिन, सोनीका सीईओ केनिचिरो योशिदालगायत रहेका छन ।


सम्बन्धित शीर्षकहरु

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

प्रतिकृयाहरू
...