चित्रमा पञ्चाङ्ग
===========
भाग: ९४
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०९/०४
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चौरान्नब्बेयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
प्राकृतिक हो भोक प्यास कसले रोक्न सक्छ
खान पाउने अधिकार कसले जोख्न सक्छ
प्रकृतिले फलाउँछ बचाउन बालहरू
बाठो को हुन्छ संसारमा कसले सोच्न सक्छ
यति रमाइलो जिन्दगी कसले भोग्न सक्छ ?
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
पञ्चाङ्ग २
बाँच्नकै लागि पेट भर्नुपर्छ यहाँ
कहिले यता उता गर्नुपर्छ यहाँ
समय अनुसार फलफुल खाँदै
लेक चढ्ने र बेंसी झर्नुपर्छ यहाँ
यस्तै दु:ख,सुखमा मर्नुपर्छ यहाँ ।
१
प्रकृतिले अनेकौं शक्ति दिएको छ
बाँच्नलाई पशुले रस पिएको छ
पुर्याउनु फलफूल होस या अन्य
थाहै नदिएर आफैंले लिएको छ
अनि आफैं जसरी पनि जिएको छ ।
२
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ३
प्रकृतीको देन् जिव जन्तु पनि यहाँ
उस्तै फलफूल यो खान भनी यहाँ
भोक लाग्दा अङ्गुर झनै मिठो फल
पसु पन्छी जस्ले पायो त्यो धनी यहाँ
भोक र तिर्खा मेट्ने आस छनी यहाँ ।
सुरेशकुमार पाण्डे।
दाङ घोराही १८
पञ्चाङ्ग ४
हरियो बगैंचा रोजर गयो
अंगुरको झुप्पा खोजेर गयो
हरियो पाए फर्की किन हेर्थ्यो,
सपनाको मोज सोचेर गयो
कल्पित भावना भोगेर गयो ।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ५
प्रकृतिमा रमाउने अधिकार मेरो
राम्राे स्वास्थ्य कमाउने अधिकार मेरो
साझा धर्ती आकाश हो किन लुछाचुँडी
दानापानी समाउने अधिकार मेरो
लाग्छ मन जमाउने अधिकार मेरो ।
चन्द्रावती अधिकारी
पञ्चाङ्ग ६
खरायोको अगाडि छ फलको झुप्पो यहाँ
उफ्रेर छुन मन लाग्यो होला टुप्पो यहाँ
सोच्दैछ मेरै लागि गरे अंगुरको खेती
खान्छ की त सबै एकै गासमा सुप्पो यहाँ
आनन्द मानि बस्छ होला त्यहीं थुप्पो यहाँ ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग ७
झिसमिसे अगावै उठेर मेलो थाल्नु परेको छ
मासुलाई पगालेर हड्डीलाई गाल्नु परेको छ
किसानको परिश्रम यहाँ कसले पो देख्यो र खै ?
प्रत्येक बोटमा पसिनाको थोपा हाल्नु परेको छ
राजा देखि रङ्कसम्म किसानले पाल्नु परेको छ ।
-पशपती राई खोटाङ ।
पञ्भाङ्ग ८
प्रकृतिमा जन्मने,मर्ने पनि हो
प्राणीको पालन नी गर्ने पनि हो
आफ्नो भन्ने के नै छ,सबै उसैको
देखिएका समस्या टर्ने पनि हो
समय यता उता सर्ने पनि हो ।
सूर्य गिरी,पोखरा
पञ्चाङ्ग ९
खरायोलाई अंगूर मन् पर्दो रहेछ
उपाद्रो भने अचाक्ली नै गर्दो रहेछ
कहिले काहीँ एताउता गर्दै उफ्रिदै
उकाली र ओह्राली पनि झर्दो रहेछ
बिगार गर्दै गर्दै ठाउँ सर्दो रहेछ ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १०
खास नै देखियो माल त्यो दाखको
पोषिलो पोषको ताल त्यो दाखको
राल यो जागने पेटको भोकले
लोभ त्यो काल हो झाल त्यो दाखको
जोगिनु मालिको जाल त्यो दाखको
टीकाराम जोशी इमाडोल ।
पञ्चाङ्ग ११
बिहान भयो दिन हुन्छ रात पर्नेनैछ
यसरी पेटकै लागि अगाडि सर्नेनैछ
फाटेको मन तुन्दै,विश्वासको मोह बुन्दै
गुन गरे नि पराईले झेल गर्नेनैछ
समय आशाको त्यो त्यान्द्रोसँगै टर्नेनैछ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १२
खरायोलाई पनि अंगुर खान मन लाग्छ रे
पेट न हो यो सबैको केही खाए भोक भाग्छ रे
खानामा नै सबैको जीवन अडेको देखिन्छ नि
नखाए त फेरि तुरुन्ता तुरन्तै भोक जाग्छ रे
खरायोको चिन्ता पेटमा कसैले गोली दाग्छ रे ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग १३
उन्नति प्रगति गर्न मिलेर जाऊ अब
सुन्दर प्रेमको भाव राखेर आऊ अब
आहा फलफूल पाकेर रसले भरियो
आएर फलको स्वाद चाखेर खाऊ अब
मनमा मिठो सम्झना पिरती लाऊ अब ।
– आर्त अकुलीन
पञ्चाङ्ग १४
दुःख सम्झे दुःखै छ जनलाई यहाँ
सुख सम्झे सुखै छ मनलाई यहाँ
सोहि समेट्न अंगुर खाने खरायो
त्यो पनि त ठीकै छ बनलाई यहाँ
खाएर बाच्नु पर्यो तनलाई यहाँ ।
अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग १५
सम्पूर्ण प्राणीहरुको उतिकै अधिकार साझा प्रकृति
रमाउने तरिका फरक बाँच्ने आधार साझा प्रकृति
कतिपय आवश्यकता सामान छन् दुई मन छैन पनि
नजर आआफ्नो तर एउटै हो संसार साझा प्रकृति
गाउँ शहरमा बनाएपछि पुग्छ समाचार साझा प्रकृति ।
#पृथक प्रकृति,झापा
पञ्चाङ्ग १६
बन्नुछ सहयोगि सबैको साजा खानुपर्छ
आँप पेलेर जुसबनाई माजा खानुपर्छ
हामी कति सधैँ मासुमात्र खाएर बस्नुर
बगैँचामा फलेका फलहरू ताजा खानुपर्छ
यत्ती कुरा ख्याल राख्नुहोस् राजा खानुपर्छ ।
मनोज राना सल्यानि बन्गाड कुपिण्डे ३ सल्यान