Friday 27th March 2026

आज ३०२ औँ पृथ्वी जयन्ती तथा एकता दिवस, देशभर सार्वजनिक विदा


आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैछ । वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा स्मरण गर्ने गरिन्छ ।

उनले त्यसबेला बाइसे, चौबिसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । त्यही योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकोरुपमा मनाउने गरिएको छ ।

दिवसको सन्दर्भमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२÷०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो ।

केही वर्षयता भने फेरि सरकारले दिवस मनाउने र सार्वजनिक विदा दिने गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...