Thursday 15th January 2026

ग्याब्रियल एटल फ्रान्सका प्रधानमन्त्री नियुक्त


गाब्रिअल अटल फ्रान्सका नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मङ्गलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । हाल शिक्षामन्त्रीका रूपमा रहेका अटल प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका छन् ।

बहस गर्न सिपालु एटल २०१७ मा सांसद बनेका थिए भने २९ वर्षको उमेरमा फ्रान्सको सरकारमा सबैभन्दा कान्छा मन्त्री बन्ने अबसर पाएका एटल प्रधानमन्त्री कार्यालय सम्हाल्न पाउने पहिलो समलिङ्गी व्यक्ति हुन्।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...