Tuesday 8th September 2026

कविता:सुन्यता -नारायण कोइराला


म आफै हराएँको छु
हराउनुमा आफ्नै बाध्यता होला
हराउन हाल्नेहरुको दोष छैन
उनीहरूको पनि आफ्नै सम्झौता होला
म नबेचिएर पनि बेचिएको छु
कसैले बेचेको होइन
आफ्नो बाध्यतामा पिसिएको छु
बेचिने तरिका अनेक होला
मूल्य पनि समय र बाध्यता
हेरी तोकिदोरहेछ
जब कर्म फुट्छ बेचिनेको
मन र मस्तिक सुन्य हुँदोरहेछ
टलपलाई रहेका आँखाका डिलहरुले
आँसुलाई तन्नक पिउनु पर्दोरहेछ
आत्माले मागेको भोकलाई तन्नक पानीसंग
पिएर कर्मथलोमा कर्मगर्नु पर्नेरहेछ
भएरपनि सबथोक अन्जानको बाटो रोज्दा
कटक्क मन काटिदोरहेछ
आफ्ना खुसीहरु सबै पिएर
अरूको लागि बाँच्ने दिन पनि
कैयन पल्ट जिन्दगीमा आउँदोरहेछ।।

नारायण कोइराला


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...