Tuesday 26th November 2024

ताबुकमा राहदानी नविकरण, नविकृत राहदानी बितरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न


देवि बहादुर सुतार कार्की, साउदी अरेविया – नेपाली दुतबासबाट दुरदराजमा रहेको ताबुकमा गैर आवसिय नेपाली सघं , क्षेत्रीय समन्वयन समिति ताबुकको सहयोगमा महावाणिज्य दूतावास जेद्धाले यही ८ डिसेम्बर २०२३ का दिन राहदानी नवीकरण , नयाँ बनि आएको राहदानी बितरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यको लागी नेपाली महावाणिज्य दूतावास जेद्दाबाट श्री तमराज काफ्ले, सुजन वाग्ले, मोहमद अतल्लाह र राजु बास्कोटा ज्युहरुबाट सहजीकरणको सेवा प्रदान गरिएको थियो ।

सुबिधा लिनका लागि ताबुक लगायत आसपासका क्षेत्रहरु दुबा,हाकल, शर्मा, अल्वज , आरार , ताइमा लगाएत अन्य ( 600KM टाढाका )स्थानहरु देखि नेपालीहरुले आएर सुबिधा प्राप्त गर्नु भएको थियो ।महावाणिज्यदूतावास जेद्दाद्वारा जारी पुर्व सूचना अनुसार राहदानी नविकरण फाराम संकलन एकदिने कार्यक्रम ८ डिसेम्बर २०२३ भनिएतापनि सेवाग्राहीको अत्याधिक चापलाई मध्यनजर गरि प्रावधिक समस्याका बाबजुत पनि महावाणिज्यदूतावासको टोलीद्वारा शुक्रबार बिहान ताबुकमा उपस्थित भइ बिहान ८:०० बजे देखि शनिवार बिहान ९ बजे सम्म लगातार अहोरात्र खटी त्यहा उपस्थित राहदानी आबेदकहरु महिला ७ , पुरुष ४८५ गरि कुल जम्मा ४९२ नयाँ आबेदन र २५ जनाको नबिकरण बितरण सहित करिब ५२७ जना सेवाग्राहीलाइ सेवा प्रदान गरिएको थियो। पुर्बानुमान अनुसार सेवाग्राहीहरुको उच्च चापलाई मध्यनजर गर्दै यो पटक दुईवटा डिबाईस वा सिस्टम द्वारा काम सन्चालन गरीएको थियो ।

राहदानी नविकरणको घुम्ती सेवा सम्पन्न गर्न गैर आवासिय नेपालि संघ क्षेत्रीय समन्वय समिती सल्लाहकार , गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका सल्लाहकार साथै जेद्धा महाबाणिज्य दुताबास ताबुक क्षेत्रका अवैतनिक प्रतिनिधी अर्जुन थापा ज्यु, गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका प्रवक्ता देवी बहादुर कार्की, गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका सदस्य युवराज पोख्रेल, गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारी ज्युहरु अध्यक्ष नर बहदुर खतिवडा , सचिव बुद्धि प्रसाद बास्तोला, सह सचिब ज्ञान भक्त खड्का ,कोषाध्यक्ष दिपक कार्की, प्रवक्ता शक्ति भट्ट, युवा सयोजक बिक्रम तिम्सिना सदस्यहरु प्रकाश थापा राजेश सेर्पाली र सुमन कार्की ज्युहरुले व्यवस्थित बनाउन समन्वयकारी भुमिका निभाउनु भएको थियो।

ताबुक जस्तो टाढा दूरदराजबाट जेद्दा र रियाद नियोगहरुमा धाउनुपर्ने झन्झट र खर्चिलो यात्राबाट आफुहरु मुक्त भएको र आगामी दिनहरुमा पनि यस्तै सहजिकरणका कार्यक्रमहरु होस् भन्ने सेवाग्राहीहरुको भनाइ रहेको थियो ,सम्पुर्ण यसरी आफ्नै कार्यक्षेत्रमा बसेर कम खर्चमा सेवा लिन पाएकोमा सम्पुर्ण सेवाग्राहीहरु निकै हर्षित भएका थिए। गत जुलाइ भन्दा अहिलेको संख्यामा वृद्धि र अहिलेको भन्दा अब आउने दिनहरुमा यो भन्दा पनि अझै संख्या वृद्धि हुने अनुमान गरिएकोछ।
सेवाग्राही हरुले गीत सगित नाचगान बाट पनि मनोरज्जन लिइएका थिए । साथै कार्यक्रमको बिचमा श्रमिकहरु सग अन्तर्कृया लिइएको थियो।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’…

सुरक्षा अधिकारीहरूले हालै गरेको मूल्याङ्कनअनुसार १०१ बन्धकहरूमध्ये केही विदेशी कामदारहरू समेत ५० जना अझै जीवित रहेको विश्वास गरिएको छ। एक…

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...