Thursday 18th December 2025

मगर संघ कुवेतको कार्यवाहक अध्यक्षमा जय आले मगर


तितोपाटी – नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरलाई दिईएकोछ । नेपाल मगर सँघ शाखा कुवेतको अध्यक्ष बसन्त थापा कुवेत बसाईलाई बिट मार्दै क्यानडा तर्फ लाग्ने भएपछि वरिष्ठ उपाध्यक्ष जय आले मगरले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन।

कुवेतस्थित हिजुअल कबदमा १३ जनवरी २०२३ का दिन सम्पन्न भएको चौंथो अधिवेशनबाट बसन्त थापा सर्वसम्मत अध्यक्षमा चयन भएका थिए । कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि आले मगरले मगर सँघ कुवेत मात्र नभई सिङ्गो कुवेतको नेपाली समाज र नेपाल मगर सँघ केन्द्रसँग समन्वय सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...