Thursday 26th March 2026

मगर संघ कुवेतको कार्यवाहक अध्यक्षमा जय आले मगर


तितोपाटी – नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरलाई दिईएकोछ । नेपाल मगर सँघ शाखा कुवेतको अध्यक्ष बसन्त थापा कुवेत बसाईलाई बिट मार्दै क्यानडा तर्फ लाग्ने भएपछि वरिष्ठ उपाध्यक्ष जय आले मगरले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन।

कुवेतस्थित हिजुअल कबदमा १३ जनवरी २०२३ का दिन सम्पन्न भएको चौंथो अधिवेशनबाट बसन्त थापा सर्वसम्मत अध्यक्षमा चयन भएका थिए । कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि आले मगरले मगर सँघ कुवेत मात्र नभई सिङ्गो कुवेतको नेपाली समाज र नेपाल मगर सँघ केन्द्रसँग समन्वय सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...