Monday 20th January 2025

रुकुम पश्चिमको सोती घटना- २३ जनालाई जन्मकैदको फैसला


नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम पश्चिमको सोती घटनामा संलग्न रहेको आरोपमा ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमले जनाएको हो ।
आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्गबहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार ज्यान मुद्दामा प्रतिवादी बनाएका मृतक नवराज विककी प्रेमिका, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ ।
घटनामा संलग्न भएका आठ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको सूचना अधिकारी कोइरालाले बताए ।

तस्बिर:-सामाजिक संजाल


सम्बन्धित शीर्षकहरु

प्रहरीले  एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल छ। पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको…

तितोपाटी डटकम-    नेपाली दूतावास कुवेतले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन  कुवेतमा  कार्यरत नेपाली  श्रमिकहरुलाई आग्रह गरेको छ…

सियोल: दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलका समर्थकहरूले आइतवार सियोलको अदालतमा आक्रमण गरेपछि न्यायाधीशले मार्शल ल लागू गर्ने उनको दुर्भाग्यपूर्ण…

प्रतिकृयाहरू
...