Sunday 22nd March 2026

टिकटकको विकल्पमा ‘रमाइलो’ मोबाइल एप सार्वजनिक


नेपाली युवाले टिकटकको विकल्पमा ‘रमाइलो’ मोबाइल एप सार्वजनिक गरेका छन् । आजदेखिआइडिया जार डिजिटल कम्पनीले याे एप सञ्चालनमा ल्याएको हो । आइडिया जार डिजिटल कम्पनीले छोटो भिडिओका लागि टिकटकको विकल्प सो एप ल्याएको हो । जुन एपमा भिडिओ हेर्ने, अपलोड गर्ने, भिडियो एक्सप्लोर, लाइक, कमेन्ट, शेयर र लाइभ बस्न मिल्छ ।

तर, एपमा १३ वर्ष उमेरभन्दा माथिकाले पहुँच राख्न पाउनेछन् । नेपाल सरकारले टिकटक ब्याड गरेपछि नेपालमै बनेको ‘रमाइलो’ एपलाई नेपाली प्रयोगकर्ताले कतिको रुचाउने अपेक्षा निर्माताले गरेका छन् ।

एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानूनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउनका लागि सरकारलाई सहयोग समेत गर्ने कम्पनीले बताएको छ ।

-नेपालप्रेसबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...