Friday 20th September 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : सन्तान्नब्बेयौँ भाग (९७)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३

………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आफू खुसी ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
नोट: आज हरितालिका तीज पर्व परेकाले तीज, चौथी, ऋषि पञ्चमीलाई विषय बनाएर पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
गहना नलगाए पनि तीज आउने जाने गर्दो रहेछ
समाजमा एउटा घत लाग्दो ज्ञानको फूल छर्दो रहेछ
खुसी हुनुछ भनेर समयले सिकाउँछ मानिसलाई
घाउहरूमा महलम लगाई गहिराइ भर्दो रहेछ
हाँगा भाँचेर फाले पनि माटोमा बिरुवा त सर्दो रहेछ ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
हिजो दर खाएर आज घुमी नाँच्ने रे
दिनभरि नाँची नाँची कम्मर भाँच्ने रे
पार्वतीको पालादेखि चलेको चलन
अरूलाई बॅचाउनका लागि बाँच्ने रे
देखाउनै भए ता पनि खुशी साँच्ने रे ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग ३
विकासका बिज ती छरेर जानुपर्छ
कुसुममा सुगन्ध भरेर जानुपर्छ
जिन्दगीको अर्को नाम सङ्घर्ष हो साथी
वेदनाको सागर तरेर जानुपर्छ
माटोको लागि केही गरेर जानुपर्छ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ४
कलानिधि दाहाल
विनाबाबु छ अस्तित्व हुने आमा र कायम
विनाबाबु छ अस्तित्व छुने आमा र कायम
दुईमा एक अस्तित्व नठान एउटै तिमी
अर्को अलग्गमा राखी दुने आमा र कायम
गरौँ प्रयास यो अन्ध फुने आमा र कायम !!
पञ्चाङ्ग ५
अटल सौभाग्यको प्रतीक त्यो रातो सारी लाउनु छ मैले
पुराना मौलिक गीत मादलुको तालमा गाउनु छ मैले
दिनमा शिव पुराण सुनी राति मात्रै फलाहार गर्ने हो
निराहार व्रत बसी महादेव झैँ पति पाउनु छ मैले
पञ्चमी नुहाई पवित्र हुन खोलितिर धाउनु छ मैले ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ६
जिम्मेवारी कर्तव्यबोधले निकैसम्म खारिरहेछ
सहानुभूति दिने ढाडस मनले नि टारिरहेछ
तीजले कसैलाई मनको रोदनमात्र थपिदियो
अशान्तको पाठ सिकाउनेबाट शान्त झारिरहेछ
जित्नु पर्ने तर आफ्नै संस्कारले आज हारिरहेछ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ७
विकृतीलाई समाजबाट पखाल्नु पर्छ
प्रगतिशिल बिचारलाई अंगाल्नु पर्छ
मेला पर्वहरू आउँछन् जान्छन् सधैभरी
कुरिती कुसंस्कार सधैलाई फाल्नु पर्छ
हामिसबै मिली देशका दुश्मन् ढाल्नु पर्छ ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
पञ्चाङ्ग ८
तीजको व्रत बसी रातो सारी लाउँछन् महिला दिदी बहिनी
शिव आराधना गर्न मन्दिर धाउँछन् महिला दिदी बहिनी
परम्परा देखि चलि आएको रितिरिवाजको जगेर्ना गर्दै
मादलुको तालमा मीठो गीत गाउँछन् महिला दिदी बहिनी
तीज पञ्चमी पछि कर्म घर आउँछन् महिला दिदी बहिनी ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ९
दिदी र बहिनीको यो तिजलाई कसरी मनाउँने हो
मीठो मीठो दर सबैजना मिलि जानेको बनाउँने हो
चेलीबेटी आएर नै हुन्छ माइतिको चम्किलो आँगन
राम्रो सम्मानले बोलाएर नै खाना बनाई जनाउने हो
आँसु पीडा लुकाएर अब चेलिलाई नि अनाउने हो ।
सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
पञ्चाङ्ग १०
अप्रिय घटना नहोस् भनेर भाकेर देवी देउराली
यो मन मस्तिष्कमा एक आस्था राखेर देवी देउराली
कहिले पनि सम्झना ,कामना गर्न चुकेर बसिदैन
स्वास्थ्य छ सबै छ र त भलाई मागेर देवी देउराली
अगाडि मात्र पर्या पीडासँग भागेर देवी देउराली ।
#पृथक प्रकृति ,झापा
पञ्चाङ्ग ११
देखावटी चलन संस्कार त भूल्नुपर्छ हामीले
पहाड टाकुरा चुचुरासँगै खुल्नुपर्छ हामीले
भएको रहेको उपयोगमा साटासाट भावना
पर्व ,मेला ,जात्रा र रीतिसँगै घुल्नुपर्छ हामीले
देशका हरेक कुना कुनामा डुल्नुपर्छ हामीले ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग १२
सत्रहजार बडी द्वन्द्वमा मारेको निश्चित हो
त्यतिका परिवार पीरमा पारेको निश्चित हो
समूह होइन हतियार चलाउनेहरूले
मानवताको नाक काटेर झारेको निश्चित हो
आघात दिई चोखिन कुरा टारेको निश्चित हो ।
अच्युत घिमिरे, सर्पाङ,
पञ्चाङ्ग १३
अनेक दु ख पीडा भुली दर खानु है सानी
संङ्गि साथीहरु धेरै बटुलि दर खानु है सानी
दु ख पिडालाइ विश्राम दिएर तिजको दिन
मनको मेटाउँदै खुलदुलि दर खानु है सानी
सिङ्गार पोते नाकमा फुली दर खानु है सानी ।
क्षितिज बिरु राना
वनगाड कुपिण्डे नगर पालिका ३ बडापोखरा सल्यान ।
पञ्चाङ्ग १४
तिजमा पहेँलै गहना र महंगा साडी चोलोमा चेलीहरू
आधुनिकताको नाममा रक्सीको खोलोमा चेलीहरू
संस्कार पनि कस्तो हाम्रो ब्रत बसि रोग निम्त्याउने
गितको तालमा नाच्ने गाउने घेरा गोलोमा चेलीहरू
खर्च गर्छन् जतासुकै दुःख बिर्सेर झोलोमा चेलीहरू ।
प्रदीप के रिमाल
इटहरी, सुनसरी।
पञ्चाङ्ग १५
महादेव रिझाउनलाई आउँछ सधैँ तीज
श्रीहरिको तालिकामै आई गाउँछ सधैँ तीज
भाका भुल्नु हुन्न है यसको कथा निकै लामो छ
कथाको मर्म बुझ्नेले मात्रै पाउँछ सधैँ तीज
तीजको बिज नि राखे मात्रै छाउँछ सधैँ तीज ।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग १६
भोलिपल्ट ब्रत बस्न खाइयो दर यहाँ
माइतीघर भेला भै गाइयो गीत यहाँ
पार्वतीको ब्रत पछि चल्यो सस्कृति तिज
चौथी पुजामा मन्दिर धाइयो संगी यहाँ
पंचमी पुजा पश्चात आइयो घर यहाँ ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग १७
सौभाग्यको सबै चिज लाउनेछु राजै
बिदा दिनु कति दिन पाउनेछु राजै
दर खाइ व्रत बसि पञ्चमीको दिन
जन्म छोडि कर्मघर आउनेछु राजै
सदैव कर्मघर सजाउनेछु राजै ।
संगीता खरेल
मातातिर्थ २ काठमाडौ
पन्चाङ्ग १८
तीजको रौनक आयो ऋण बोकाई गयो
जसो तसो टर्यो अर्थ मन जोगाई गयो
हुने लाई त के पो फरक पर्छ र हेर
नहुने निरिहलाई साहु घोकाई गयो
जीवनमा एक एक घुट्का धोकाई गयो ।
कमला देवकोटा , पाल्पा


सम्बन्धित शीर्षकहरु

कुवेत - बागलुङ सेवा समाज कुवेतको २० सेप्टेम्बर २०२४ मा हुने प्रथम अधिवेशन समारोहको सम्पूर्ण तयारी पूरा भएको छ ।…

रातभर सुरु गरिएको युक्रेनी ड्रोन आक्रमणले पश्चिमी रूसी क्षेत्र Tver मा एक हतियार भण्डार नष्ट गरेको भनेको छ । युक्रेनको…

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्धका लागि आफ्नो लक्ष्यमा लेबनानी सीमा नजिकका क्षेत्रहरूबाट भागेका इजरायलीहरूलाई आफ्नो घर फर्कन सक्षम पार्ने…

प्रतिकृयाहरू
...