Thursday 2nd May 2024

कुशे औंशीको शुभकामना


निशा पाण्डे – आज कुशे अाैंशी अर्थात बुबाको मुख हेर्ने दिन । यस दिनको अवसरमा मेरो बुबा, जिम्मेवारी निभाउन हर हमेशा लागि पर्ने मेरी आमा जस्तै घरदेश तथा परदेशमा रहनु भएका सबै बुबाहरूमा मेरो तर्फबाट बुबाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना ।
आमाको लागि बनेका किताबहरु मध्ये एउटा पनि किन बाबाको लागि बनेनन् ? आमाका लागि लेखिने कबिता किन बाबाको लागि लेखिएन ? किन आमालाई भन्न सक्ने कुरा बाबालाइ सजिलै भन्न सकिन्न ?

बाबा र छोरीको सम्बन्ध संसारमा सबै भन्दा प्रिय हुन्छ छुट्टै अनि अनौठो हुन्छ | मेरो प्रिय बाबा हजुरको गुनासो कहिल्यै मेरो फोटो राखेन कहियै मेरो लागि केहि लेखेन । आज हजुरको लागि लेख्दै छु | बुवाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना छोरीको तर्फ बाट । आमाको बारेमा सय शब्द लेख्दा हजुरको बारेमा पनि बराबर नै लेखेको हुन्छु तर खै के हुन्छ खुलाउन सक्दिन ।
एउटा आमा सुत्केरी हुदा अस्पतालमा आमाको ख्याल राखे जस्तै त्यहि अस्पतालमा बिल तिर्न भौतारिने बुवालाई पनि ख्याल राख्ने कोहि हुनु पर्छ । के लेखु कसरी बयान गरु शब्द कम पर्छ । हजुर मात्र हैन कुनै पनि बुवाले आफ्नो छोरी लाइ गर्ने प्रेम बताउन अथवा जताउन सक्नुहुन्न । एउटा शिक्षक्ले आफ्नो छोरीलाइ प्रेम गर्छ भन्ने कुरा हेरक कक्षामा आफ्नो छोरीको उदाहरण दिएर पढाउदा लाग्छ त्यो उहाको त्यो छोरी प्रतिको प्रेम वक्त गर्ने तरिका हो ।
छोरी भएर यो नगर र अरुसंग कहिल्यै नदाज्ने मेरो प्रिय बाबालाइ कसरी धन्यबादको पात्र बनाउ । मेरो लागि समाजसँग लड्नै पर्छ, आफुलाई नभएपनि मेरो लागी खाना बनाउन नै पर्छ, मसँगै खाना खानै पर्छ, मेरो बारेमा एक शब्द नराम्रो सुने मेरो बाबालाइ रिसाउनै पर्छ ।
न कहिल्यौ माया गर्छु भन्न पाएँ न कहिल्यै धन्याबाद नै भन्न पाएँ । आज खुलेर भन्छु म, अति धन्याबाद र अति नै प्रेम गर्छु म हजुरलाई । मेरो छोरी यस्तो बनुस भन्ने चाहाना कहिल्यै भएन मेरो छोरी यस्तो लगाउस भन्ने चाहाना कहिल्यौ भएन । जे गरे पनि राम्रो गरिछ भन्ने बिश्वाश हजुरमा थियो र अझै छ । या जाउ म ? हुन्छ जाउ, यो गरु? हुन्छ गर । छोरी भएर पनि ? यो शब्द मैले घर देखि कहिल्यै सुन्न परेन ।
भैगो आजलाई अब देखि हुदैन नि है छोरी ? मेरो हरेक गल्तिको सजाय यहि थियो । जे गरे नि गर्नु जे कुरामा खुसि मिल्छ त्यहि गर्नु तर याद गर्नु आज आफुले गरेको कामबाट भोलि तिमी आफैलाई पछुतो नहोस है हरेक पाइलामा यति भने पछि मलाइ हरेक कुरा गर्न साथ दिनु हुन्छ । यहि भएर त होला नि न केहि कुरा लुकाउन पर्यो न केहि काम लुकेर गर्न पर्यो । मेरो प्रिय बाबाका लागि म छोरा भए छोरी भए म सबैथोक भए । अब हजुरले आराम गर्ने बेला आएको छ अझै केहि वर्ष त्यसपछि छोरी कमाउने हुन्छे ।
मेरी छोरी यस्ती उस्ती मेरो बारेमा बोलेर नथाक्ने । हजुरले दिएको संस्कार न्याय क्षेत्रमा अवश्य लागु हुने छ । आजसम्म सबै गल्ति अन्जानमा भए नआतिनु छोरीले त्यही गल्तिबाट धेरै सिकेकी छ । समाजको अगाडी सिर झुक्ने काम गर्ने छैन । छोरीलाइ कालो कोट लगाएको छिटै देख्न पाउनु हुन्छ । दरवार त बनाउछु भन्दिन तर छानो टिनको पक्का लगाउछु कालो गाडीमा राखेर घुमाउछु त भन्दिन तर दुइ छाक खान दुख पक्कै हुने छैन । आजसम्म केहीको लागि नरोकीकन मलाइ सबै भन्दा धेरै बिश्वास गरेकोमा धन्यबाद ।
फोटो पठाउन न तिम्रो, आज कुरा गर्न पाइन भोलि कुरा गर्छु है, सुत अब राति भयो हरेक सानो कुराको जानकारी चाहिन्छ । हजुरको सानो सानो कुरामा ख्याल राख्ने बानी मलाइ मन पर्छ । हजुरलाइ घुर्की लगाउन मन पर्छ ।
मलाइ हजारको जुता किनेर आफुले पुरानै चप्पल टाली हिनेको देखेकी छु, मेरो लागि सबैसँग लडेको थाहा पाएकी छु, आफु भोकै बसेर मेरो पेट भरेको थाहा पाएकी छु, बुबा हजुरले माया व्यक्त गर्न सक्नु हुन्न थाहा छ तर माया बढी गर्नु हुन्छ भन्ने पनि थाहा छ ।
छोरी तिमी घरको लक्ष्मी हो तर पर्दा दुर्गा काली जे पनि हुन पछि नहट्नु -हार खाने त सोच्दा नि नसोच जिम्मेवारी सिकाउन केहि कुराको कमि नभए पनि अभावमा बाँच्न सिकाउनु भएको छ । कस्तो अचम्मको छ है यो संसार आफ्नै बाबालाई प्रेम गर्छु भन्न नसक्ने, संस्कारमा कुनै कमि भएको छैन । हजुरले सिकाएको संस्कारले म आज जहाँ पनि सजिलै घुलमिल हुन् सकेकी छु जस्तो कठिन परिस्थितिलाइ पनि सजिलै सामाना गर्न सकेकी छु ।
सानोमा साइकल किन्न नसकेर ऋण खोज्दा आफन्तले दिएका बचन बिर्सकी छैन मैले । सायद हजुर र आमाको संस्कारले होला है मलाइ वकिल बन्ने इच्छा जागेको खराबलाइ खराब भनि न्यायको लागि लड्ने हिम्मत आएको । जति नै हार खाए पनि त्यो कुराको जित नहुँदासम्म छोड्न मन नलाग्ने । सोच्छु म त्यति शिक्षित् घर परिवारको हैन तर नि मलाइ केहि कुरामा रोक लगेको छैन सारै भाग्यमानी छु म ।
एक दिन बिहानै पत्रिकाको शिर्षक पढी हजुरले सुटुक्क आशु पुछेको देखेकी थिए त्यो दिन दिनभरि चुपचाप बस्नु भएको थियो । पछि थाहा पाए दुइ वर्षीया बालिकाको बलात्कार भयो रे त्यो पनि आफ्नै बाबा देखि अनि म झस्किएको थिए । मेरा हजारौ हारमा साथ दिने हजुरको मुहारमा हरेकी थिए । म आतिएको बेला योगमाया पनि तिमी हौ र यो सिङ्गो देशलाइ हाक्ने बिध्या पनि तिमी हौ र न्यायको कुर्चीमा बस्ने शुशिला पनि तिमी हौ धर्ता हौ तिमि कर्ता हौ तिमी । बाबा हजर जे हुनुहुन्छ सहि हुनुहुन्छ मेरो लागि त झन सोचको भन्दा बढी हुनुहुन्छ । हजुरले सोचेको सबै पुरा होस्, म प्रति देखेका कुनै पनि सपना अधुरो हुने छैन यो कुशे औंशीको दिन बाचा गरेकी छु । फेरी पनि बुवाको मुख हेर्ने दिनको शुभकामना मेरो बाबालाई । धेरै माया । हजुरको आशिर्वाद सदैब मेरो शिरमा हुने छ ।

निशा पान्डे – पाल्पा


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...