Friday 20th March 2026

दक्षिण अफ्रिकाको जोहनेसवर्गमा एक भवनमा आगलागी हुँदा ६४ जनाको मृत्यु


दक्षिण अफ्रिकाको जोहानेसवर्गमा एक भवनमा बिहीबार बिहान आगलागी हुँदा ६४ जनाको मृत्यु भएको छभने अन्य ४३ जनाभन्दा बढी घाइते भएका छन् । पाँच तले उक्त भवनमा घरबारविहीनहरू बस्ने गरेका थिए ।

आगजनी भएको भवनमा खोज तथा उद्धार जारी रहेको तथा मृतकको सङ्ख्या बढ्नसक्ने बताइएको छ । यो भवनमा करिब २०० जना घरबार बिहिन मानिस अनुमति बिना बसिरहेका थिए । न्यायो बनाउन बालेको आगो अन्य ठाउँमा सल्किएर आगलागी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

आगो निभाउने प्रयासमा दमकलका कर्मचारी प्रत्येक तलामा परिचानलन भएका छन् । घाइतेलाई अस्पताल पुर्याइएको छ । आगलागीको कारण भने खुलेको छैन । केही समयअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...