Saturday 17th January 2026

दक्षिण अफ्रिकाको जोहनेसवर्गमा एक भवनमा आगलागी हुँदा ६४ जनाको मृत्यु


दक्षिण अफ्रिकाको जोहानेसवर्गमा एक भवनमा बिहीबार बिहान आगलागी हुँदा ६४ जनाको मृत्यु भएको छभने अन्य ४३ जनाभन्दा बढी घाइते भएका छन् । पाँच तले उक्त भवनमा घरबारविहीनहरू बस्ने गरेका थिए ।

आगजनी भएको भवनमा खोज तथा उद्धार जारी रहेको तथा मृतकको सङ्ख्या बढ्नसक्ने बताइएको छ । यो भवनमा करिब २०० जना घरबार बिहिन मानिस अनुमति बिना बसिरहेका थिए । न्यायो बनाउन बालेको आगो अन्य ठाउँमा सल्किएर आगलागी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

आगो निभाउने प्रयासमा दमकलका कर्मचारी प्रत्येक तलामा परिचानलन भएका छन् । घाइतेलाई अस्पताल पुर्याइएको छ । आगलागीको कारण भने खुलेको छैन । केही समयअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...