Monday 30th March 2026

चन्द्रयान-३ले चन्द्रमाको तापक्रम नाप्यो, नतिजा देखेर वैज्ञानिक नै चकित


भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आइतवार चन्द्रमाको सतहमा तापक्रम भिन्नताको ग्राफ जारी गरेको छ। अन्तरिक्ष एजेन्सीका एक वरिष्ठ वैज्ञानिकले चन्द्रमामा रेकर्ड गरिएको उच्च तापक्रमलाई लिएर आश्चर्य व्यक्त गरेका छन् ।

राष्ट्रिय अन्तरिक्ष एजेन्सीका अनुसार चन्द्र सर्फेस थर्मो फिजिकल एक्सपेरिमेन्ट (चेस्ट) ले चन्द्र सतहको तापक्रम बुझ्नको लागि दक्षिणी ध्रुव वरपर चन्द्रमाको माथिल्लो माटोको तापक्रम नाप्यो।

“यहाँ विक्रम ल्यान्डरमा चेस्ट पेलोडको पहिलो अवलोकनहरू छन्,” इसरोले एक्समा गरिएको एक पोस्टमा भन्यो। चन्द्र सतहको थर्मल व्यवहार बुझ्नको लागि चेस्टले पोल वरपर चन्द्रमाको माटोको माथिल्लो तहको तापक्रम प्रोफाइल नाप्यो।

चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति प्रज्ञान रोभरमा रहेको ‘लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरणले पत्ता लगाएको थियो ।

“तथ्याङ्क सङ्कलन र अध्ययन गर्ने वैज्ञानिक प्रयोगहरू ‘इन–सीटू’ जारी छन् । रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुवनजिकै चन्द्रमाको सतहमा सल्फर (एस) को उपस्थितिलाई पहिलो पटक इन–सिटु मापनको माध्यमबाट स्पष्ट रूपमा पुष्टि गरेको छ ।”

टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति पनि अपेक्षित रूपमा पत्ता लगाइएको छ । हाइड्रोजनको खोजी जारी छ,” इसरोले एक्स (ट्वीटर) मा जारी एक पोस्टमा भनेको छ ।

लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरण दक्षिणी शहर बेङ्गलुरूस्थित आफ्नो प्रयोगशालामा विकसित गरिएको इसरोले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...