Saturday 28th March 2026

जन-सम्पर्क समिति कुवेतले १२औं वार्षिकोत्सब तथा ११०औं वीपी जयन्ती १ सेप्टेम्बरमा मनाउँदै


नेपाली जन-सम्पर्क समिति कुवेतले १२ औं वार्षिकोत्सब तथा ११० औं वीपी जयन्ती आगामी १ सेप्टेम्बर २०२३ मा मनाउने भएको छ । जन सम्पर्क समितिका महामन्त्री केशर घलानाले कुवेतको मङ्गाफस्थित मेमोरी हलमा एक कार्यक्रमको आयोजना गरी मनाउन लागिएको मिडियालाइ जानकारी दिए।

कुवेत र नेपालबीच मैत्रीपूर्ण सम्बन्धबाट कुवेतमा रोजगारी एवं अन्य पेशा व्यवसाय गरी बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरूलाई नेपाली कांग्रेसको मूल नारा “राष्ट्रियता, लोकतन्त्र र समाजवाद”मा आवद्द गराइ नेपाल-कुवेत असल सम्बन्धलाई अझ मजबुत बनाउँदै कुवेतवासी नेपालीहरुमा व्यक्तिगत तथा सामुहिक हितका लागि सन् २०११ मा स्थापना भएको नेपाली जनसम्पर्क समिति कुवेतले आफ्नो १२औं वार्षिकोत्सब र ११०औं वीपी जयन्तीको अवसर पारेर उक्त कार्यक्रम गर्न लागेको समितिले बताएको छ।

उक्त कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूतको प्रमुख आतिथ्यता र कुवेतस्थित क्रियाशिल विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको विशेष उपस्थिति रहने बताइएको छ।

कार्यक्रममा कुवेतमा कार्यरत सबैलाइ उपस्थितिका लागि अगृम निमन्त्रणा गर्दै उक्त दिन अन्य संघसंस्थाहरुले कार्यक्रम नजुधाइदिनुहुन पनि विनम्र अनुरोध गरिएको छ भने कार्यक्रम सम्पन्न गर्नाको लागि अन्तिम तयारी भैईरहेको समितिले बताएको छ।

कार्यक्रमको विवरण:-
मिति : २०२३ सेप्टेम्बर १ तारिख शुक्रबार।
समय : १२ बजे
स्थान : मेमोरी हल मङ्गाफ।
आयोजक : नेपाली जनसम्पर्क समिति, कुवेत।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...