Saturday 21st March 2026

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीद्वारा संसद विघटन


पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको शिफारिसमा संसदको तल्लो सदन राष्ट्रियसभा भंग गरेका छन् ।संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ ।

यो निर्णय गए राति भएको हो । पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो । प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर राष्ट्रिय सभा भंग गर्न सिफारिस गरेका थिए ।

जियो न्यूजको रिपोर्टका अनुसार प्रधानमन्त्री शेहबाजले बुधबार ढिलो गरी राष्ट्रपति अल्वीलाई राष्ट्रिय सभा विघटन गर्न पत्र पठाएका थिए, जसले औपचारिक रूपमा कार्यवाहक प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्नेछ।

संसदको तल्लो सदनको कार्यकाल सकिन तीन दिनअघि प्रधानमन्त्री शेहबाजले राष्ट्रपति अल्वीलाई यसलाई विघटन गर्न सल्लाह पठाएका हुन् । राष्ट्रपति अल्वीले तत्कालै राष्ट्रिय सभा भंग गर्न वा ४८ घन्टा ढिलाइ गर्न सूचना जारी गर्न सक्छन्।

नेशनल एसेम्बलीको समयपूर्व विघटन भएमा पाकिस्तानको निर्वाचन आयोगले ९० दिनभित्र निर्वाचन गराउनेछ। राष्ट्रियसभाको संवैधानिक कार्यकाल पूरा भएको भए ६० दिनभित्र निर्वाचन हुने थियो ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...