Saturday 21st March 2026

पाकिस्तानमा रेल दुर्घटना हुँदा १९ को मृत्यु, ८० घाइते


दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएको geo.tv ले जनाएको छ । घाइते यात्रुहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ, Geo.TV ले रिपोर्ट गरेको छ। उद्धार टोलीले भग्नावशेषबाट मानिसलाई निकाल्ने क्रम जारी छ ।

कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेशन नजिकै पटरीबाट खस्दा उक्त हताहति भएको हो । दुर्घटनाग्रस्त रेलका आठ डिब्बा पटरीबाट खसेका छन् भने यात्रीहरूलाइ दुर्घटनास्थलबाट गन्तव्यस्थानसम्म पुर्याउन अर्को रेल पठाइएको छ ।

सन् २०२१ को जुनमा सिन्धको डहरकी नजिक दुईवटा रेल एक आपसमा ठोक्किँदा ६५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५० जना घाइते भएका थिए। सन् २०१९ को अक्टोबरमा तेजगाम एक्सप्रेसमा आगलागी हुँदा ७५ यात्रुको ज्यान गएको थियो।

https://www.geo.tv/latest/503550-five-bogies-of-hazara-express-derail-near-nawabshah


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...