Friday 27th February 2026

घनघोर वर्षापछिको बाढीमा परि चीनको हेबेइ प्रान्तमा १० जनाको मृत्यु


उत्तरी चीनको हेबेई प्रान्तमा भीषण वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बाढीमा परेर उनीहरुको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले शनिबार दिउँसो पहिरो र बाढीको उच्च जोखिममा रहेका क्षेत्रहरूबाट लाखाैं मानिसहरूलाइ सुरक्षित स्थानमा सारिएको जनाएका छन् ।

गत हप्ता चीनको मुख्य भूमिमा आएको डोक्सुरी आँधीले १४० वर्षयताकै सबैभन्दा घनघोर वर्षा भयो जसबाट सुरक्षित रहन चीनको मौसम विज्ञान विभागले “भाैगर्भिक जोखिम” बारे मानिसहरूलाई चेतावनी दिन रेड अलर्ट जारी गर्‍यो।

चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाए अनुसार प्राकृतिक प्रकोपको कारण १४२ जनाको ज्यान गएको वा बेपत्ता भएको बताएको थियो।

विश्वव्यापी रूपमा, हालैका हप्ताहरूमा लाखौं मानिसहरू चरम मौसम र गर्मीको लहरबाट प्रभावित भएका छन्। “यी ताप तरंगहरू ग्लोबल वार्मिङसँग जोडिएका छन्, र यो संसारभरका अधिकांश जलवायु वैज्ञानिकहरू सहमत छन्।”

हेबेई प्रान्त, छिमेकी बेइजिङ सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक भनिन्छ। बाढीले आवासीय घर डुबानमा परेका, पूर्वाधार ध्वस्त र पूरै जिल्ला जलमग्न भएपछि सरसफाइको काम भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...