Sunday 28th December 2025

घनघोर वर्षापछिको बाढीमा परि चीनको हेबेइ प्रान्तमा १० जनाको मृत्यु


उत्तरी चीनको हेबेई प्रान्तमा भीषण वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बाढीमा परेर उनीहरुको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले शनिबार दिउँसो पहिरो र बाढीको उच्च जोखिममा रहेका क्षेत्रहरूबाट लाखाैं मानिसहरूलाइ सुरक्षित स्थानमा सारिएको जनाएका छन् ।

गत हप्ता चीनको मुख्य भूमिमा आएको डोक्सुरी आँधीले १४० वर्षयताकै सबैभन्दा घनघोर वर्षा भयो जसबाट सुरक्षित रहन चीनको मौसम विज्ञान विभागले “भाैगर्भिक जोखिम” बारे मानिसहरूलाई चेतावनी दिन रेड अलर्ट जारी गर्‍यो।

चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाए अनुसार प्राकृतिक प्रकोपको कारण १४२ जनाको ज्यान गएको वा बेपत्ता भएको बताएको थियो।

विश्वव्यापी रूपमा, हालैका हप्ताहरूमा लाखौं मानिसहरू चरम मौसम र गर्मीको लहरबाट प्रभावित भएका छन्। “यी ताप तरंगहरू ग्लोबल वार्मिङसँग जोडिएका छन्, र यो संसारभरका अधिकांश जलवायु वैज्ञानिकहरू सहमत छन्।”

हेबेई प्रान्त, छिमेकी बेइजिङ सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक भनिन्छ। बाढीले आवासीय घर डुबानमा परेका, पूर्वाधार ध्वस्त र पूरै जिल्ला जलमग्न भएपछि सरसफाइको काम भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...